२०८३ आश्विन ६, मंगलवार २१:३२
२०८३ आश्विन ६, मंगलवार २१:३२
राजनीतिक दाउपेच र सार्वजनिक आलोचनालाई भाषणले नभई ठोस काम र नतिजाले जवाफ दिने रणनीतिमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ नेतृत्व ओर्लिएको छ। विगतमा आफ्ना भौतिक संरचना ध्वस्त भई खरानी बनेको संकटपूर्ण अवस्थाबाट पुनर्उत्थानको बाटो समातेको वडा प्रशासनले अहिले जनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने पूर्वाधार निर्माण र पुराना समस्याको दिगो समाधानलाई प्राथमिकता दिएको छ। हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलका अनुसार, सडकका विरोध र सञ्जालका बहसभन्दा माथि उठेर जनताले महसुस गर्ने गरी कामको नतिजा देखाउने अभियान अहिले तीव्र पारिएको छ। यस अभियानअन्तर्गत वर्षौँदेखि स्थानीयले सास्ती खेप्दै आएको भैरवरोड क्षेत्रको डुबान र ढल निकासको समस्या समाधानका लागि सरकारी प्रक्रिया पूरा गरी द्रुत गतिमा…