२०८३ आश्विन १, बिहीबार २१:२२
२०८३ आश्विन १, बिहीबार २१:२२
हेटौंडामा पछिल्लो समय साना सवारी साधन दुर्घटनामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरको सभाहलमा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। टाटा सुमो, EV (विद्युतीय) गाडी लगायतका साना सवारी साधनहरूको दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र व्यवस्थित सञ्चालनका लागि आयोजित उक्त कार्यक्रममा सुरक्षा निकाय, यातायात कार्यालय, पूर्वाधार कार्यालय, यातायात व्यवसायी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। छलफल कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, ट्राफिक प्रहरी निरीक्षक रमेश बिष्ट, पूर्वाधार कार्यालय प्रमुख सुजन भण्डारी तथा नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि विश्वराज राईलगायतका सरोकारवालाहरूले आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले सडक सुरक्षा, भाडा दर र सवारी सञ्चालनका…