२०८३ भाद्र २२, सोमबार २०:५३
२०८३ भाद्र २२, सोमबार २०:५३
हेटौडा, १३ पदमपोखरी — हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरीको हरियाली टोलमा नवनिर्मित भुवनेश्वर मन्दिरमा धार्मिक विधिपूर्वक मूर्ति प्राण प्रतिष्ठा सम्पन्न भएको छ। स्थानीय धर्म, संस्कृति र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यका साथ निर्मित उक्त मन्दिरको स्थापनासँगै हरियाली टोलमा नयाँ धार्मिक उत्साह छाएको छ। सो विशेष समारोहका बिच नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको हातबाट मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो। वैदिक मन्त्रोच्चारणका बीच पूजाआजा सम्पन्न गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले स्थानीय तहमा हुने यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरूले समाजमा भाइचारा, आपसी सद्भाव र नैतिक मूल्यमान्यता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्थानीय बासिन्दाहरूको…