Day: २०८३ भाद्र २, मंगलवार १८:४१

बागमतीमा बानियाँको बहिर्गमनपछि बहुमतको होड: कसको पल्ला भारी?

बागमतीमा बानियाँको बहिर्गमनपछि बहुमतको होड: कसको पल्ला भारी?

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको राजीनामा स्वीकृतिसँगै प्रदेशको राजनीति नयाँ सत्ता समीकरण र शक्ति अभ्यासको मोडमा आइपुगेको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भदौ १ गतेदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत गर्दै भदौ ४ गते अपरान्ह ४ बजेभित्र बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमाले हेतौँडाको राजनीतिक सरगर्मीलाई ह्वात्तै बढाएको छ। अबको मुख्य चासो कुन दलले कसरी बहुमत पुर्‍याउँछ भन्ने मात्र नभई, सत्ताको नेतृत्व कसको हातमा पुग्छ भन्नेमा केन्द्रित भएको छ। ​संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएकाले…
Read More
सामुदायिक वनमा महिला अधिकार र आयआर्जन: हेटौँडामा बागमती प्रदेशस्तरीय घनीभूत छलफल

सामुदायिक वनमा महिला अधिकार र आयआर्जन: हेटौँडामा बागमती प्रदेशस्तरीय घनीभूत छलफल

हेटौँडा, भाद्र २ । सामुदायिक वन क्षेत्रलाई केवल संरक्षणमा मात्र सीमित नराखी महिलाहरूको आर्थिक सशक्तीकरण र अधिकारको ग्यारेन्टीसँग जोड्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। प्राकृतिक स्रोत महिला अधिकार संजाल र ग्रीन फाउण्डेसन नेपालको संयुक्त आयोजना तथा आर.आर.आई. को सहयोगमा हेटौँडामा आयोजित "सामुदायिक वन स्रोतमा महिलाको अधिकार सहित आयआर्जनको अवसर" विषयक बागमती प्रदेश स्तरीय छलफल तथा कबुलियतीनामा कार्यक्रमका वक्ताहरूले वन स्रोतमा महिलाको न्यायोचित पहुँच र स्वामित्व स्थापित हुनुपर्ने बताएका हुन्। ​कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले आ-आफ्नो क्षेत्रमा भोगेका व्यावहारिक अनुभव, चुनौती र सम्भावनाहरूबारे प्रस्तुति दिएका थिए। संरक्षणको अग्रपङ्क्तिमा महिलाहरू खटिए पनि निर्णय प्रक्रिया र वनमा…
Read More
हेटौंडामा स्कुटर दुर्घटना: सडक सुरक्षा र पूर्वाधारमाथि उठ्यो प्रश्न

हेटौंडामा स्कुटर दुर्घटना: सडक सुरक्षा र पूर्वाधारमाथि उठ्यो प्रश्न

हेटौंडा, भाद्र २ गते – हेटौंडा उपमहानगरपालिका–५ क्याम्पाडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा मंगलबार बिहान भएको एक दर्दनाक स्कुटर दुर्घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। सडकछेउको कुलोमा हेटौंडा–६, चौघडाका २६ वर्षीय आभास रन्जितकार मृत अवस्थामा फेला परेसँगै यो क्षेत्रको सडक सुरक्षा र सडक पूर्वाधारको अवस्थाबारे गम्भीर प्रश्न उठेको छ। घटनास्थलमा मधेश प्रदेश ०३–०२८ प ९७८९ नम्बरको स्कुटर र चालक दुवै कुलोमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए, जसले दुर्घटनाको प्रकृति भयावह रहेको संकेत गर्दछ। सडक र कुलोबीच उचित सुरक्षा पर्खाल वा ब्यारियर नहुनुले पनि यस्ता घटनाहरूलाई निम्त्याइरहेको स्थानीयको गुनासो छ। ​प्रहरीको प्रारम्भिक अनुमान अनुसार, सानोपोखराबाट क्याम्पाडाँडातर्फ गइरहेको स्कुटर अनियन्त्रित भई सडकबाट चिप्लिएर कुलोमा खसेको…
Read More
हेटौंडा ११ मा रेडक्रसको डेंगु सचेतना तथा लार्भा नष्ट अभियान तीव्र

हेटौंडा ११ मा रेडक्रसको डेंगु सचेतना तथा लार्भा नष्ट अभियान तीव्र

हेटौंडा । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजना तथा नवलपुर उपशाखा हेटौंडा-११ को समन्वय र सञ्चालनमा सोमबार हेटौंडा-११ मा वृहत डेंगु सचेतना तथा लार्भा खोजी नष्ट अभियान सम्पन्न भएको छ । गर्मी र बर्सातको मौसमसँगै डेंगु संक्रमणको जोखिम बढेको महसुस गरी समुदाय स्तरमा सचेतना फैलाउन र लामखुट्टेको प्रजनन् स्थल नष्ट गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । ​नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको पहलमा आयोजित यस कार्यक्रममा नवलपुर उपशाखाका स्वयंसेवक, स्थानीय जनप्रतिनिधि र समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता थियो । 'डेंगु सचेतना तथा लार्भा खोजी नष्ट कार्यक्रम' अंकित ब्यानर सहित सुरु भएको र्‍यालीले हेटौंडा-११ का विभिन्न टोल तथा बस्तीहरूको परिक्रमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.