२०८३ श्रावण १९, मंगलवार १६:३३
२०८३ श्रावण १९, मंगलवार १६:३३
काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाको स्वास्थ्य अवस्था र पार्टीको आन्तरिक छलफललाई लिएर केही सञ्चारमाध्यमले भ्रामक तथा तोडमोड गरिएका समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा थपलिया भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता मात्रै देखिएको प्रस्ट पार्नुभएको छ। यस्तो अवस्थालाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र भ्रमको पछि नलाग्न उहाँले सबैमा हार्दिक अनुरोध गर्नुभएको छ। सचिव बस्नेतले आफ्नो स्टाटसमा बागमती प्रदेश सरकार निर्माणको विषयमा भइरहेको आन्तरिक तयारी र संवादबारे पनि…