Breaking News 1

युवाहरूमा मोबाइलको लत बढ्दा समाज र परिवारबाट टाढिए”: वडा अध्यक्ष फुर्वा दोर्जे लामा

युवाहरूमा मोबाइलको लत बढ्दा समाज र परिवारबाट टाढिए”: वडा अध्यक्ष फुर्वा दोर्जे लामा

हेटौँडा, मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा युवाहरूलाई लक्षित गर्दै "साइबर क्राइम तथा लागुऔषध दुव्र्यसनीसम्बन्धी जनचेतनामूलक कार्यक्रम" सुरु भएको छ। नवयुवा दृष्टि हेटौँडा-४, मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा यो सचेतनामूलक अभियान अघि बढाइएको हो। ​नवयुवा दृष्टिका अध्यक्ष गोकर्ण तिवारीको सभाध्यक्षतामा भएको यस कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मामाघर नेपालका अध्यक्ष एवं प्राध्यापक डा. अर्पण पराजुली, भुटनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सोम लामा तथा न्युरेनी टोल विकास संस्थाका अध्यक्ष फुलमाया गुरुङको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सहजीकरण मामाघर नेपालका अध्यक्ष एवं…
Read More
वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न: जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न प्रहरी उपरीक्षक खत्रीको निर्देशन

वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न: जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न प्रहरी उपरीक्षक खत्रीको निर्देशन

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालय प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। कार्तिक ११ गते आयोजित विशेष कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री र मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय सानोपोखरा तथा विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो। ​कार्यक्रम पश्चात् मातहतका कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले सम्झौतामा तोकिएका लक्ष्यहरू तोकिएकै समयमा हासिल गर्न कडा निर्देशन दिनुभयो। उहाँले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, चुस्त अपराध अनुसन्धान गर्न, विपद् व्यवस्थापनमा अग्रसर हुन र प्रहरी…
Read More
बागमती प्रदेश: मुख्यमन्त्री थापा र मन्त्री रमा आलेबिच कार्यसम्पादन सम्झौता

बागमती प्रदेश: मुख्यमन्त्री थापा र मन्त्री रमा आलेबिच कार्यसम्पादन सम्झौता

हेटौँडा। बागमती प्रदेश सरकारको कामकारबाहीलाई थप परिणाममुखी र चुस्त बनाउने उद्देश्यका साथ मुख्यमन्त्री किरण थापा मगरले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने क्रमलाई निरन्तरता दिएका छन्। यसै अभियानअन्तर्गत मुख्यमन्त्री थापाले कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरसँग औपचारिक रूपमा कार्यसम्पादन सम्झौता सम्पन्न गरेका छन्। प्रदेशका अन्य मन्त्रीहरूसँग यसअघि नै सम्झौता भइसकेको भए पनि मन्त्री आले मगरको स्वास्थ्यमा आएको समस्याका कारण यो प्रक्रिया केही समय पछि धकेलिएको थियो। ​स्वास्थ्य प्रतिकूलताका कारण अन्य मन्त्रीहरूसँगै शपथ लिन नसकेकी मन्त्री आले मगरले गत असोज २ गते मात्रै आफ्नो पद तथा गोपनीयताको शपथ लिएर मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन्। जिम्मेवारी सम्हालेसँगै प्रदेश सरकारको घोषित लक्ष्य अनुसार मुख्यमन्त्री…
Read More
जुगलको समग्र विकासमा मन्त्री पौडेलको प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार प्राथमिकतामा

जुगलको समग्र विकासमा मन्त्री पौडेलको प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार प्राथमिकतामा

सिन्धुपाल्चोक: बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धताहरू पूरा गर्न आफू निरन्तर लागिपर्ने बताउनुभएको छ। जुगल क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै स्थानीय जनअपेक्षाअनुसारका कामहरूलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको हो। ​जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन अभियन्ता मिलन तामाङ तथा गुम्बा गाउँस्थित ल्हालुङ्पाल होमस्टेका सञ्चालक सदस्यहरूसँग भएको विशेष भेटघाट तथा छलफलका क्रममा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो। छलफलका क्रममा जुगल गाउँपालिकाको समग्र पूर्वाधार विकास, स्थानीय नागरिकको दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकता तथा विभिन्न विकास निर्माणका योजनाहरूबारे गहन विचार-विमर्श भएको थियो। ​भेटघाटका…
Read More
मौलिक कला-संस्कृतिको संरक्षणमा बागमती प्रदेश प्रतिबद्ध: मुख्यमन्त्री किरण थापा मगर

मौलिक कला-संस्कृतिको संरक्षणमा बागमती प्रदेश प्रतिबद्ध: मुख्यमन्त्री किरण थापा मगर

काठमाडौँ, कात्तिक २ — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले देशको धर्म, कला, संस्कार, संस्कृति र मौलिक परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हाम्रा अमूल्य सांस्कृतिक निधिहरू नै राष्ट्रको वास्तविक पहिचान र चिनारी भएकाले यसको जीवन्तता जोगाउनु आजको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ। ​नेपालीहरूको महान् चाड विजयादशमी तथा नेपाल संवत्‌को मोहनी नखःको पावन अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले सो धारणा राख्नुभएको हो। लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। ​कार्यक्रमका प्रमुख…
Read More
हेटौँडा–८ खेलकुद महोत्सव सम्पन्न: कालिका टोल बन्यो वडाध्यक्ष कप फुटबलको च्याम्पियन, अन्य विधाका विजेता पनि घोषित

हेटौँडा–८ खेलकुद महोत्सव सम्पन्न: कालिका टोल बन्यो वडाध्यक्ष कप फुटबलको च्याम्पियन, अन्य विधाका विजेता पनि घोषित

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा सञ्चालित सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कालिका टोल विकास संस्थाले जितेको छ। रोमाञ्चक फाइनल खेलमा मनकामना 'ख' टोल विकास संस्थालाई ३-० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधिमाथि कब्जा जमाएको हो। ​सप्ताहव्यापी विविध खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालित तेस्रो कमाने रन (खुल्ला दौड) को पुरुषतर्फ ५ किलोमिटरको दुरी १९.१८ मिनेटमा पूरा गर्दै बादल घलान प्रथम हुनुभएको छ। त्यसैगरी १९.३३ मिनेटमा दौड पूरा गरी जोएल गुरुङ दोस्रो र २०.२० मिनेटमा दुरी पार गर्दै सुरज तामाङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो। ​त्यस्तै कमाने रनअन्तर्गत महिलातर्फको ३ किलोमिटर दुरी ७.४२ मिनेटमा पूरा…
Read More
मकवानपुर प्रहरीद्वारा २०८३ को चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक: ७२९ प्रहरी जनशक्ति परिचालन हुने

मकवानपुर प्रहरीद्वारा २०८३ को चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक: ७२९ प्रहरी जनशक्ति परिचालन हुने

हेटौँडा। नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मकवानपुरले 'चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३' सार्वजनिक गरेको छ। बुधबार जिल्ला प्रहरी कार्यालयको सभा हलमा आयोजित पत्रकार सम्मेलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम मार्फत प्रहरी प्रमुख (SP) श्यामबहादुर खत्रीले उक्त एकीकृत सुरक्षा रणनीतिको विस्तृत विवरण सार्वजनिक गर्नुभएको हो। ​सुरक्षा योजनाअन्तर्गत चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि, चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, गुण्डागर्दी तथा कालोबजारी नियन्त्रणका लागि कुल ७२९ जना प्रहरी जनशक्ति मैदानमा उतारिने भएको छ। प्रहरीले जोखिम मूल्याङ्कन, पूर्वतयारी, रोकथाम, निरन्तर निगरानी, द्रुत प्रतिक्रिया (Quick Response) र…
Read More
“खेलकुदले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ”: प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, ‘वडा अध्यक्ष कप’ ब्याडमिन्टनमा हेटौँडा-५ विजयी

“खेलकुदले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ”: प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, ‘वडा अध्यक्ष कप’ ब्याडमिन्टनमा हेटौँडा-५ विजयी

हेटौँडा, असोज २७ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा सञ्चालित अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ अन्तर्गत स्व. रमेश मगर तथा स्व. सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता मङ्गलबार भव्य रूपमा सम्पन्न भएको छ। हटियास्थित कभर्डहलमा सम्पन्न सो प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यले खेल क्षेत्रको प्रवर्धन भइरहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमै आयोजना हुने यस्ता प्रतियोगिताले प्रतिभा प्रस्फुटन गराउँदै देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। ​कार्यक्रमका सभाध्यक्ष एवम् हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले विपद्मा ज्यान गुमाएका स्थानीय युवाहरूको स्मृतिमा आयोजित यस्ता…
Read More
चौथो वडाध्यक्ष कप फुटबल: कर्णावतीलाई पराजित गर्दै देवनगर टोल विजयी

चौथो वडाध्यक्ष कप फुटबल: कर्णावतीलाई पराजित गर्दै देवनगर टोल विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा जारी 'चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता' अन्तर्गत दोस्रो दिनको खेलमा देवनगर टोल विकास संस्था विजयी भएको छ। अत्यन्तै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको आजको खेलमा देवनगर टोलले कर्णावती टोल विकास संस्थालाई ३-२ को गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो। ​देवनगरका लागि खेलको सुरुवात नै धमाकेदार रह्यो। देवनगरका खेलाडी सञ्जय देउलाले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभएको थियो। त्यस्तै, देवनगरको जितमा सन्देश देउला र प्रशान्त देउलाले समान १/१ गोलको योगदान पुर्‍याउनुभयो। कर्णावती टोलले पनि उत्कृष्ट पुनरागमनको प्रयास गर्दै २ गोल फर्काए तापनि देवनगरको अग्रता तोड्न नसक्दा…
Read More
नगरस्तरीय टी-२० क्रिकेटको उपाधि हेटौँडा-८ लाई: हेटौँडा-४ लाई ५३ रनले पराजित गर्दै बन्यो च्याम्पियन

नगरस्तरीय टी-२० क्रिकेटको उपाधि हेटौँडा-८ लाई: हेटौँडा-४ लाई ५३ रनले पराजित गर्दै बन्यो च्याम्पियन

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा सञ्चालन भएको नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हेटौँडा वडा नम्बर ८ ले जितेको छ। हुप्रचौर खेल मैदानमा भएको फाइनल भिडन्तमा आयोजक हेटौँडा वडा नम्बर ४ लाई ५३ रनले पराजित गर्दै वडा नम्बर ८ ले सर्वोत्कृष्ट प्रदर्शनसहित उपाधिमाथि कब्जा जमाएको हो। ​फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हेटौँडा वडा नम्बर ८ ले ११२ रन बनाउँदै हेटौँडा वडा नम्बर ४ लाई ११३ रनको विजयी लक्ष्य दिएको थियो। तर ११३ रनको लक्ष्य पछ्याएको हेटौँडा वडा नम्बर ४ को टोली ५८ रनमै अलआउट हुन पुग्यो। वडा नम्बर ८ को कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु ४…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.