२०८३ असार ३१, बुधबार १६:१६
२०८३ असार ३१, बुधबार १६:१६
काठमाडौं, असार ३१ । राष्ट्रिय युवा संघ नेपालले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूमाथि सरकारले गरेको धरपकड र गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। संघका अध्यक्ष महाराज गुरुङद्वारा जारी विज्ञप्तिमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष कमरेड दीपक धामी लगायतका विद्यार्थी नेतृत्वलाई पक्राउ गरिएको घटनाप्रति घोर भर्त्सना गरिएको छ। युवाहरूले आफ्ना असन्तुष्टि, चिन्ता र मागलाई शान्तिपूर्ण रूपमा अभिव्यक्त गर्न खोज्दा राज्यले संवादको सट्टा दमनको बाटो रोज्नु लोकतान्त्रिक शासन प्रणालीका लागि अत्यन्तै दुर्भाग्यपूर्ण संकेत भएको युवा संघको ठहर छ। युवा संघले सरकारको यो कदमले नागरिकको असहमतिलाई नै अपराधका रूपमा व्याख्या गर्ने मानसिकता स्पष्ट पारेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, "लोकतन्त्रमा सरकारको शक्ति नागरिकलाई मौन…