Day: २०८३ कार्तिक ८, आईतवार २०:१९

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा भवानीको पूजाआराधना, जात्रा सञ्चालनका लागि १ लाख सहयोग हस्तान्तरण

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा भवानीको पूजाआराधना, जात्रा सञ्चालनका लागि १ लाख सहयोग हस्तान्तरण

भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन एवम् पूजाआराधना गर्नुभएको छ। कला, संस्कृति र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा नवदुर्गा भवानीको मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेललाई स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा भक्तजनहरूले न्यानो स्वागत तथा अभिनन्दन गरेका थिए। ​उक्त विशेष धार्मिक कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा मुख्यमन्त्री थापाले कला र सम्पदाको धनी भक्तपुरमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई अत्यन्तै हर्षित तुल्याएको बताउनुभयो। ​यसै अवसरमा नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सहज सञ्चालनमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.