Day: २०८३ आश्विन २१, बुधबार १५:११

सामुदायिक वनजन्य फोहोरबाट जैविक मल उत्पादन: विनईको सफल मोडलबाट बागमतीका १० सामुदायिक वन प्रेरित

सामुदायिक वनजन्य फोहोरबाट जैविक मल उत्पादन: विनईको सफल मोडलबाट बागमतीका १० सामुदायिक वन प्रेरित

नवलपरासी — नवलपरासीस्थित विनई सामुदायिक वनले सञ्चालन गरेको जैविक मल उत्पादनको सफल व्यावसायिक मोडलबाट बागमती प्रदेशका १० वटा सामुदायिक वनका प्रतिनिधिहरू प्रेरित भएका छन्। प्राकृतिक श्रोत महिला अधिकार संजाल (WRRN) को आयोजना तथा राइट्स एन्ड रिसोर्सेज इनिसिएटिभ (RRI) को सहयोगमा सम्पन्न एकदिने अध्ययन भ्रमणका क्रममा टोलीले वनजन्य फोहोरलाई कसरी नाफामूलक र उपयोगी व्यवसायमा बदल्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष ज्ञान हासिल गरेको हो। भ्रमणका क्रममा सहभागीहरूले प्राङ्गारिक मलको गुणस्तर परीक्षण, आधुनिक प्याकेजिङ तथा बजारीकरणका सम्पूर्ण व्यावहारिक चरणहरूको गहिरो अवलोकन गरेका थिए। ​भ्रमणका क्रममा विनई सामुदायिक वनकी अध्यक्ष बालु पुरीले टोलीलाई उत्पादन मापदण्ड, बजार मूल्य निर्धारण र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दा भोगिएका…
Read More
विपद्का मृतकको सम्झनामा हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’: खेलकुदसँगै सचेतना अभियान

विपद्का मृतकको सम्झनामा हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’: खेलकुदसँगै सचेतना अभियान

हेटौँडा, असोज २१ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा अन्तरनगर वडास्तरीय 'वडा अध्यक्ष कप-२०८३' खेलकुद तथा बृहत् सामाजिक सचेतना कार्यक्रम सञ्चालन हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत वडा अध्यक्ष सुनिल मोक्तानले वडा सदस्यहरू, स्थानीय युवा बुद्धिजीवी, खेलकुद क्षेत्रका अग्रज तथा प्रशिक्षकहरूको उपस्थितिमा कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो। आउँदै गरेको विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा आयोजित यस कार्यक्रमलाई गत भोटेकोशी बाढी तथा विपद्मा परी ज्यान गुमाएका स्थानीय युवा स्व. सुमन गोले र स्व. रमेश मगरको स्मृतिमा समर्पण गरिएको छ। ​प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेलहरूमा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। कात्तिक १२ देखि २१ गतेसम्म…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.