Day: २०८३ आश्विन ९, शुक्रबार २१:०३

डुबान नियन्त्रणमा हेटौँडा–४ को फड्को: हुप्र–पशुपति मन्दिर सडकसहित बजार क्षेत्रको मुहार फेरिँदै

डुबान नियन्त्रणमा हेटौँडा–४ को फड्को: हुप्र–पशुपति मन्दिर सडकसहित बजार क्षेत्रको मुहार फेरिँदै

वर्षौँदेखि बर्खा लाग्नासाथ हेटौँडा उपमहानगरपालिका–४ का बासिन्दाले भोग्दै आएको डुबान र हिलो-धुलोको सास्ती अब एकादेशको कथा बन्ने मोडमा पुगेको छ। ठूला र महत्वाकाङ्क्षी आश्वासनभन्दा पनि नागरिकका दैनिक समस्या सुल्झाउने तर्फ वडा नेतृत्व केन्द्रित बनेपछि हेटौँडा–४ को मुहार फेरिन थालेको हो। सडक स्तरीकरण, ढलको उचित निकास र कालोपत्रे ओभरल्यापिङ्ग जस्ता पूर्वाधारका जगमा टेकेर वडालाई पूर्ण रूपमा डुबानमुक्त बनाउने अभियानले अहिले तीव्रता पाएको छ। ​बर्खायाममा पानी जमेर जलमग्न हुने हुप्रचौरस्थित पानी ट्याङ्कीबाट पशुपति मन्दिर जोड्ने मुख्य सडक सुधारको कामले गति लिएपछि स्थानीयमा नयाँ उत्साह छाएको छ। हेटौँडा उपमहानगरपालिका र सडक बोर्डको संयुक्त बजेट साझेदारीमा टेन्डर प्रक्रिया सकिएर निर्माण सुरु भएसँगै वडाको सबैभन्दा…
Read More
विपद् पुनर्निर्माणका लागि केन्द्रीय कोषसँग १ अर्ब अनुदान माग्ने बागमती प्रदेश सरकारको निर्णय

विपद् पुनर्निर्माणका लागि केन्द्रीय कोषसँग १ अर्ब अनुदान माग्ने बागमती प्रदेश सरकारको निर्णय

काठमाडौँ। बागमती प्रदेश सरकारले हालैको बाढीपहिरो र डुबानबाट क्षतिग्रस्त भएका सडक, पुल, सरकारी भवन, खानेपानी, सिँचाइ तथा विद्यालयजस्ता पूर्वाधारहरूको शीघ्र पुनर्निर्माण अघि बढाउने निर्णय गरेको छ। काठमाडौँमा मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार कार्यलाई तीव्र बनाउँदै पुनर्निर्माणका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषसँग तत्काल १ अर्ब रुपैयाँ अनुदान माग गर्ने निर्णय गरेको हो। बैठकले भोटेकोशी–त्रिशुली नदी प्रणालीमा आएको बाढीपछिको परिस्थितिलाई ध्यानमा राख्दै जोखिमयुक्त सडकमा हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राख्न र मातहतका सबै संयन्त्रलाई उच्च सतर्कतामा राख्न निर्देशन दिएको छ। ​बाढी तथा पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि विभिन्न वित्तीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.