२०८३ भाद्र ३१, बुधबार १७:४६
२०८३ भाद्र ३१, बुधबार १७:४६
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा ‘नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने मूल नाराका साथ स्थानीय स्तरमा प्रतिभाशाली खेलाडीको पहिचान, प्रोत्साहन तथा युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। नगरस्तरीय क्रिकेट प्रतियोगिताको व्यवस्थापन नगरस्तरीय क्रिकेट प्रतियोगिता व्यवस्थापन समिति हेटौँडा–४ ले गर्नेछ भने मकवानपुर क्रिकेट संघले प्राविधिक सहयोग पुर्याउनेछ। वडागत आधारमा सञ्चालन हुने यस क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरू सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखिएको छ। प्रतियोगिताको उद्घाटन असोज १० गते बिहान ७:३० बजे लोकतान्त्रिक हुप्रचौरमा हुनेछ। क्रिकेटतर्फ सहभागी हुन चाहने टोलीका लागि…