२०८३ भाद्र २८, आईतवार २२:४८
२०८३ भाद्र २८, आईतवार २२:४८
मकवानपुर — हेटौंडामा सम्पन्न १२ औँ अधिवेशनमार्फत निर्माण व्यवसायी संघ मकवानपुरले आगामी कार्यकालका लागि नयाँ नेतृत्व प्राप्त गरेको छ। यसअघि नै बालगोपाल कँडेल अध्यक्षमा निर्विरोध चयन भइसकेको अवस्थामा बाँकी महत्त्वपूर्ण पदाधिकारी तथा सदस्य पदका लागि आइतबार कडा प्रतिस्पर्धात्मक निर्वाचन सम्पन्न भएको हो। निर्वाचन संयोजक ईश्वर राज ढकालका अनुसार संघमा आबद्ध कुल ४४५ मतदातामध्ये ३९० जना (८७.६ प्रतिशत) व्यवसायीहरूले उत्साहजनक रूपमा मतदानमा भाग लिएका थिए। मतगणनाको अन्तिम परिणाम अनुसार संघको कार्यकारी टोलीमा व्यवसायिक एजेण्डा र युवा ऊर्जाको सम्मिश्रण देखिएको छ। वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद चौलागाईं १९९ मत ल्याएर विजयी हुनुभएको छ भने प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः भवनाथ अधिकारी (२६३ मत)…