२०८३ भाद्र २७, शनिबार १९:०८
२०८३ भाद्र २७, शनिबार १९:०८
हेटौंडा — निर्माण व्यवसायी संघ मकवानपुरको २६ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनको उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बालगोपाल कँडेलको सभाध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा निर्माण व्यवसायीका समस्या, चुनौती र आगामी कार्यदिशाका विषयमा व्यापक छलफल भएको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँ रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बानियाँले निर्माण क्षेत्रको विकास र निर्माण व्यवसायीहरूले भोगिरहेका समस्या समाधानका लागि राज्य तथा सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उद्घाटन सत्रमा विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्यहरू एकलाल श्रेष्ठ र भारती पाठकको उपस्थिति रहेको थियो।…