Day: २०८३ भाद्र २५, बिहीबार २०:३३

रसुवा बाढी प्रभावितका लागि पशुपतिनगर हेल्थ क्लबको राहत: रु. ५४,५६५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

रसुवा बाढी प्रभावितका लागि पशुपतिनगर हेल्थ क्लबको राहत: रु. ५४,५६५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

पशुपतिनगर हेल्थ क्लबले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि रु. ५४,५६५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको छ। क्लबका सदस्यहरूबाट सङ्कलित उक्त रकम संकटको घडीमा पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले उद्धार कोषमार्फत हस्तान्तरण गरिएको हो। ​अकल्पनीय बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक सम्पर्कविहीन भएको खबरले स्तब्ध बनेको क्लब परिवारले उद्धार र राहतमा हातेमालो गर्ने निर्णय लिएको थियो। "एक नेपालीलाई विपत् पर्दा अर्को नेपालीले आफ्नै पीडा महसुस गर्छ" भन्ने भावनाका साथ सदस्यहरूलाई स्वेच्छिक सहयोगको आह्वान गरिएको क्लबले जनाएको छ। ​विपत्को समयमा क्लबका सदस्यहरूले देखाएको यो खुला हृदय र सहयोगी हातप्रति क्लब परिवार, अध्यक्ष प्रचण्ड प्रधान…
Read More
घरदैलोबाटै राहतको सन्देश: भोटेकोशीका बाढीपीडितका लागि हेटौंडावासीको १९ लाखको सहयोग

घरदैलोबाटै राहतको सन्देश: भोटेकोशीका बाढीपीडितका लागि हेटौंडावासीको १९ लाखको सहयोग

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बिनाशकारी बाढीले घरबारविहीन बनाएका नागरिकका लागि हेटौंडाका स्थानीय बासिन्दाले गास काटेर पठाएको सानो-सानो सहयोग एकत्रित हुँदा ठूलो सहारा बनेको छ। विपद्‌मा परेका सुदूरका छिमेकीलाई सघाउन हेटौंडाका टोल-टोलमा पुगेर सङ्कलन गरिएको रकमले दूरदराजका बाढीपीडितको उद्धार र पुनर्स्थापनामा नयाँ आशा थपेको छ। कुनै ठूला संस्था वा कर्पोरेट हाउसको सामाजिक उत्तरदायित्व कोषबाट नभई, सर्वसाधारण नागरिकका घरदैलोबाट संकलित १९ लाख रुपैयाँ बराबरको सहयोगले विपद् व्यवस्थापनमा स्थानीय समुदायको शक्ति उजागर गरिदिएको छ। ​हेटौंडाका विभिन्न टोल विकास संस्थाहरूले नगर समन्वय समितिमार्फत सञ्चालन गरेको घरदैलो अभियानबाट कूल १८ लाख ८६ हजार ६०४ रुपैयाँ रकम जम्मा भएको छ। हेटौंडाका आम नागरिक, पदाधिकारी तथा सदस्यहरूले…
Read More
सरकारको ह्याउ जाँच्ने बेला

सरकारको ह्याउ जाँच्ने बेला

सरकारलाई अहिले एउटा सुनौलो अवसर छ। आसन्न संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका जाँदै गरेको नेपाली प्रतिनिधिमण्डलले यो भ्रमणलाई औपचारिकता पूरा गर्ने अवसरमा सीमित गर्नु हुँदैन। हालैको रसुवा विपत्तिले दिएको पीडा, क्षति र सम्भावित दीर्घकालीन संकटलाई विश्वमञ्चमा पुर्‍याएर नेपालका लागि ठोस अन्तर्राष्ट्रिय सहयोग जुटाउने अभियानको सुरुवात गर्नुपर्छ। रसुवाका पीडितलाई अहिले भाषण होइन, आफ्नो घर, परिवार र भविष्य चाहिएको छ। आफन्त गुमाएकालाई न्यायोचित राहत। बेपत्ताको खोजी। घाइतेको उपचार। विस्थापितलाई सुरक्षित आवास। ध्वस्त सडक-पुलको पुनर्निर्माण। रोजगारी गुमाएकालाई आर्थिक सहारा र क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्थाको पुनःस्थापना चाहिएको छ। जलविद्युत आयोजना, व्यापारिक नाका र स्थानीय व्यवसायमा भएको क्षतिको पुनर्निर्माणबिना रसुवाको अर्थतन्त्र पुरानै अवस्थामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.