२०८३ भाद्र ७, आईतवार २१:१३
२०८३ भाद्र ७, आईतवार २१:१३
हेटौँडा । सहरी क्षेत्रमा बढ्दै गएको सडक बालबालिकाको समस्या र तिनको व्यवस्थापनको सवाललाई चलचित्रको माध्यमबाट उजागर गर्दै हेटौँडामा ‘लिटल स्टार्स’ चलचित्रको परोपकारी (च्यारिटि) शो सम्पन्न भएको छ। रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजना तथा एजे. टिम हेटौँडा प्रा.लि. को निर्माणमा बनेको उक्त चलचित्र ओम्याक्स सिनेमा हलमा प्रदर्शन गरिएको हो। चलचित्रको प्रदर्शनबाट सङ्कलित रकम हेटौँडा–११ मा सडक बालबालिकाको पुनर्स्थापनामा क्रियाशील संस्था ‘मामाघर नेपाल’लाई हस्तान्तरण गरिने रेडियोका प्रबन्ध निर्देशक अनिल कुमार खातिले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले सडक बालबालिकामुक्त नगर बनाउने अभियानमा यस्ता सामाजिक सन्देशमूलक चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नगरप्रमुख लामाले चलचित्रले उठाएको संवेदनशील…