२०८३ श्रावण १५, शुक्रबार १६:१९
२०८३ श्रावण १५, शुक्रबार १६:१९
सुनसरी र सिराहा जिल्लामा हालै घटेका दुःखद घटना र त्यसपछि विभिन्न ठाउँमा देखिएका प्रदर्शनका कारण उत्पन्न हुन सक्ने सम्भावित मुठभेड तथा असन्तुलनलाई ध्यानमा राख्दै मकवानपुर प्रशासनले पूर्वसावधानी अपनाएको छ। जिल्लामा धार्मिक, जातीय तथा सामाजिक द्वन्द्व फैलन नदिन र आपसी भाइचारा एवं सहिष्णुता जोगाइराख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले बृहत् ‘सामाजिक सद्भाव र्याली’ को आयोजना गर्न लागेको हो। अन्य जिल्लाका अशान्त घटनाको नकारात्मक असर मकवानपुरमा पर्न नदिनु नै यो र्यालीको मुख्य उद्देश्य रहेको छ। कार्यालयले जारी गरेको सार्वजनिक अपिल अनुसार आगामी साउन १६ गते शनिबार अपराह्न ठीक ४:०० बजे हेटौँडा–४ स्थित हुप्राचौरमा भेला भएर सद्भाव र्याली सञ्चालन गरिनेछ। प्रशासनले यस अभियानलाई प्रभावकारी…