Day: २०८३ श्रावण १२, मंगलवार २१:५१

सुनसरी घटना: ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन, घाइतेको नि:शुल्क उपचार गरिने

सुनसरी घटना: ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन, घाइतेको नि:शुल्क उपचार गरिने

काठमाडौँ, साउन १२ — सुनसरीको देवानगन्ज गाउँपालिका–३ कसानगञ्जमा साउन १० गते भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लाहरूमा उत्पन्न अशान्त परिस्थितिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते व्यक्ति तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। ​घटनामा घाइते भएकाहरूको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको सरकारले जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। उक्त समितिले…
Read More
मदन भण्डारी हीरक जयन्ती वर्ष: साउन १७ गते हेटौँडामा ‘जबज’ विषयक विचार गोष्ठी हुँदै

मदन भण्डारी हीरक जयन्ती वर्ष: साउन १७ गते हेटौँडामा ‘जबज’ विषयक विचार गोष्ठी हुँदै

हेटौँडा । मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरको आयोजनामा आगामी साउन १७ गते आइतबार हेटौँडामा 'जनताको बहुदलीय जनवाद (जबज) मा अन्तर्निहित गतिशीलता' विषयक विचार गोष्ठी हुने भएको छ। मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक घनश्याम घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। फाउन्डेसन जिल्ला शाखा अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता एवं बागमती प्रदेश सदस्य गोपालबहादुर श्रेष्ठको आतिथ्यतामा आज सम्पन्न बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो। ​गोष्ठीमा प्रस्तुत हुने कार्यपत्रमाथि विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा सामाजिक क्षेत्रका अगुवाहरूबीच विस्तृत छलफल गराइनेछ। जननेता मदन भण्डारीको विचार र 'जबज' को वैचारिक पाटोलाई बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गर्दै आम जनमानसमा…
Read More
सुनसरी तनावग्रस्त: भण्टाबारीमा आगजनीपछि पुनः अनिश्चितकालीन कर्फ्यु, एमाले र जेनजी अभियन्ताद्वारा निष्पक्ष छानबिनको माग

सुनसरी तनावग्रस्त: भण्टाबारीमा आगजनीपछि पुनः अनिश्चितकालीन कर्फ्यु, एमाले र जेनजी अभियन्ताद्वारा निष्पक्ष छानबिनको माग

साउन १२, काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा सुरु भएको विवादले उग्र रूप लिँदा सुनसरी र आसपासका क्षेत्रहरू अत्यन्तै तनावग्रस्त बनेका छन्। आइतबार राति धार्मिक यात्राका लागि डिजे बजाउने र मन्दिर परिसरमा झण्डा राख्ने विषयमा दुई पक्षबीच भनाभन सुरु भएको थियो। विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित भीड र सुरक्षाकर्मीबीच झडप भड्किएको हो। झडपमा १० जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मीसहित २२ भन्दा बढी घाइते भएका छन्। ​स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दोस्रोपटक अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। मङ्गलबार दिउँसो कोशी गाउँपालिकास्थित भण्टाबारीको कोशी कटान क्षेत्रका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.