Day: २०८३ श्रावण १०, आईतवार २०:५१

विषयवस्तु र माउथ-अफ-वर्डको जित: बक्स अफिसमा ‘गौंथली’ को ९ दिने चमत्कार

विषयवस्तु र माउथ-अफ-वर्डको जित: बक्स अफिसमा ‘गौंथली’ को ९ दिने चमत्कार

नेपाली चलचित्र उद्योगमा जब-जब सामाजिक विषयवस्तु र पारिवारिक संवेदना पस्किएका कथा आउँछन्, दर्शकले त्यसलाई कहिल्यै निराश बनाउँदैनन् भन्ने प्रमाण बनेको छ— चलचित्र ‘गौंथली’। प्रदर्शनको नवौँ दिनसम्म आइपुग्दा यस चलचित्रले ७ करोड रूपैयाँ भन्दा बढी को gross कलेक्सन गर्दै अढाई लाखभन्दा बढी दर्शकलाई सिनेमा हलसम्म तान्न सफल भएको छ। महँगा स्टारकास्ट र तामझामपूर्ण प्रचारप्रसार बिना नै प्रदर्शनमा आएको यो चलचित्रले केवल दर्शकको ‘माउथ-अफ-वर्ड’ (सकारात्मक मौखिक समीक्षा) को भरमा बक्स अफिसमा अप्रत्याशित र लोभलाग्दो सफलता हासिल गरिरहेको छ। डा. कपिल रिजालको निर्देशन र वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा बनेको यो चलचित्रले नेपाली समाजको मर्मस्पर्शी पक्षलाई उठान गरेको छ। बालविवाह, शिक्षाको पहुँचबाट…
Read More
बागमतीमा एमालेको दौड, राप्रपाको ‘भाउ’: कसको काँधमा बन्छ सरकार?

बागमतीमा एमालेको दौड, राप्रपाको ‘भाउ’: कसको काँधमा बन्छ सरकार?

केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको राजनीतिक समीकरणले बागमती प्रदेशको शक्ति सन्तुलनलाई फेरि एकपटक नयाँ मोडमा पुर्‍याएको छ। सामान्यतया, ठूला दलहरू मिल्दा सरकार निर्माण र स्थायित्व सहज हुनुपर्ने हो, तर बागमतीको अंकगणितले अर्कै कथा भन्छ। ५३ सांसदको स्पष्ट बहुमत आवश्यक पर्ने १०४ सदस्यीय प्रदेश सभामा एमाले र नेकपाको सम्मिलित शक्ति उपसभामुखबाहेक ५० मा खुम्चिँदा, सत्ताको साँचो भने फेरि पनि राप्रपाजस्ता साना दलहरूकै हातमा पुगेको छ। यसले नेपाली राजनीतिमा साना दलहरू कसरी पुन: निर्णायक भूमिकामा स्थापित हुन्छन् भन्ने पुरानै प्रवृत्तिलाई उजागर गरेको छ। ​दोस्रो कार्यकालको सुरुआतमै एमाले-माओवादी गठबन्धनको साझेदार बनेको राप्रपा, अहिले फेरि बागमतीमा नयाँ सरकार निर्माणको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.