२०८३ श्रावण ५, मंगलवार १९:४४
२०८३ श्रावण ५, मंगलवार १९:४४
काठमाडौँ — लामो समयदेखि उपचारका क्रममा विदेशमा रहनुभएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान सरकारको कदम र राजनीतिक प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै छिट्टै स्वदेश फर्कने घोषणा गर्नुभएको छ। जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर जारी गरिएको वक्तव्यमा देउवाले सत्तापक्षले प्रतिपक्षी राजनीतिक दलहरूमाथि पूर्वाग्रह राखेर राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ। न्यायालय तथा संवैधानिक निकायहरूलाई कार्यकारी नियन्त्रणमा राखेर त्रासको वातावरण सिर्जना गर्न खोजिएको दाबी गर्दै उहाँले सरकारको यस्तो अलोकतान्त्रिक व्यवहारका विरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ। वीपी कोइरालाको ऐतिहासिक राष्ट्रिय मेलमिलापको नीतिलाई स्मरण गर्दै देउवाले अहिलेको मुलुकको स्थितिमा पनि संवाद, सहकार्य र राष्ट्रिय एकताको उत्तिकै आवश्यकता…