खेलकुद

भेट्रान्स भलिबलको उपाधी नारायणी कलेजले जित्यो

मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक आयोजना भएको भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी नारायणी कलेजले जितेको छ । हेटौंडाको हुप्राचौरमा भएको फाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै नारायणी कलेज भेट्रान्स भलिबलको च्याम्पियन बन्न सफल भएको हो । पहिलो सेट २५–१८ ले गुमाएको नारायणी कलेजले दोस्रो सेट २५–११, तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले विजयी बन्न सफल भयो । कार्यक्रममा प्रमुख अतिथि रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले विजेता टिम नारायणी कलेजलाई नगद ३० हजार रुपैयाँ र उपविजेता टिम भीमफेदी गाउँपालिकालाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । सेमिफाइनल…
Read More

हेटौँडामा असोज ३ गतेदेखि ५ गतेसम्म भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै

मकवानपुर । केशवलाल श्रेष्ठको स्मृतिमा मकवानपुर जिल्लामा पहिलोपटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । असोज ३, ४ र ५ गते हुप्राचौरमा रहेको भलिवल कोर्टमा प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । मकवानपुर जिल्लामा भलिवल खेलको गतिविधि बढाउन, भलिवल खेलको विकास गर्न तथा मकवानपुरलाई भलिवल खेल मार्फत् चिनाउन अमूल्य योगदान पुराएका भलिवलका हस्ति एक जुट गराई पुर्नमिलन एवं पूर्नताजगी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समिति सदस्य मनोज लामा…
Read More

विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्ने टिमलाई मन्त्री महर्जनको शुभकामना

मकवानपुर । नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ । नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो । विश्वकप भने आगामी सन् २०२५ मा चीनकै डालियन सहरमा हुँदैछ । यसै विश्वकप छनौट चरणका लागि नेपालको विश्वविद्यालय फुटबल टोलीको आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आइतबार थापागाउँमा आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई बिदाई गरिएको हो । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण…
Read More

हेटौँडामा भेट्रान्स फुटबल प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेक्याम्पा रंगशालामा आजेदेखि तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजन तथा रोटरी क्लब मकवानपुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता पिप्ले युवा क्लबको सहआयोजनामा भएको हो । प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गर्नुभएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका १५ भेट्रान्स क्लबको सहभागिता रहेको छ । २०७२ र २०७३ सालमा सम्पन्न पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्सले जितेको थियो । प्रतियोगिताको फाइनल खेल भदौ ३१ गते हुनेछ । आज भएको उद्घाटन खेलमा नागस्वती भेट्रान्स हेटौँडा र चितवन भेट्रान्सबिच प्रतिस्पर्धा भएको छ। प्रतियोगिताको उपाधि…
Read More

पोताला, प्रगतिशील, मल्टिभिजन र हाँडीखोला विजयी, एक खेल बराबरी

मकवानपुर । मकवानपुरको सिमलटार खेलमैदान र गौरीटार रंगशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार एक खेल बरारीमा रोकिनुका साथै ४ टिम विजयी भएका छन् । खेलमा एफसी पोताला, प्रगतिशिल युवा क्लब, एफसी मल्टिभिजन र हाँडीखोला एफसी विजयी भएका छन् । साथै सहिद स्मृति र युनाइटेड नाइन बराबरीमा रोकिएका छन् । हेटौँडा ११ सिमलटारमा भएको खेलमा एफसी पोतालाले सक्षम युवा क्लबलाई १–५ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै सिमलटारमै भएको अर्को खेलमा प्रगतिशील युवा क्लबले पशुपति क्लबलाई २–३ गोल अन्तरले पराजित गरेको थियो । आइतबारै हेटौंडा ६ गौरीटार रंगशालामा भने ३ खेल भएको छ । मकवानपुर जिल्ला फुटबल संघले जनाए…
Read More

पदमपोखरी र गोर्खा ब्वाईज विजयी

मकवानपुर । शनिबार भएको जिल्ला लिग फुटबल प्रतियोगितामा २ टिम विजयी भएको छ । हेटौंडा ६ गौरिटारमा पदमपोखरी युथ क्लब र सानोपोखराबिच भएको खेलमा पदमपोखरीले सानोपोखरालाइ २ को विरुद्ध ३ गोलले हरायो । त्यस्तै एफ्सी मल्टीभिजन र सात नम्बरबिच भएको खेलमा दुबै तर्फबाट १–१ गोल गरेपछि रातपरेपछी केही समय खेलाउन बाँकी भन्दै बराबरीमा खेल टुङ्गाइएको थियो । त्यस्तै हेटौंडा ११ सिमलटार खेल मैदानमा भएको खेलमा गोर्खा ब्वाइज ले १ गोल गरे भने रियल स्टारले कुनैपनी गोल गर्न सकेन । त्यस्तै एफसी नामटार र न्यु कम्बाइनबिच भएको प्रतिस्पर्धामा साँझसम्म कसैले पनि गोल गर्न नसके पछि खेल बराबरिमा टुङ्गिएको थियोे । जिल्ला…
Read More

सिमलटारमा ३ , गौरिटारमा ३ खेल

मकवानपुर । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भैरहेको जिल्ला लिग फुटबल प्रतियोगिता हेटौंडा ११ सिमलटार र हेटौंडा ६ गौरिटार रंगशालामा भैरहेको छ । शुक्रबार सिमलटारमा पशुपति युवा क्लब र एफसी चाइनाबिच भएको बिहानको खेलमा पशुपति युवा क्लबले एफसी चाइनालाई ० को विरुद्ध १ गोलले पराजित गरेको थियोे । त्यस्तै दिनको १ बजे भएको परेली र हेटौंडा भेट्रान्स क्लब बिचको खेलमा परेलीले भेट्रान्स क्लबलाई ० को विरुद्ध ६ गोलले पराजित गरेको थियो। यस्तै हेटौंडा फुटबल एकेडेमी र महाबिर क्लबबिच दिनको ४ बजे भएको खेलामा एकेडमीले महाबिरलाइ ० को विरुद्ध १ गोलले पराजित गरेको थियो । यसैगरी गौरीटार रंगशालामा भएको एफसी पोतालाले…
Read More

मकवानपुर जिल्ला लिग फुटबलः एक खेल बराबरी, एक खेल रद्ध

मकवानपुर । हेटौंडा ११ सिमलटारको खेल मैदानमा शनिबार भएको आरआर एफसी र एफसी ईन्टरनेट क्लब बिच भएको खेलमा दुबै क्लबले १–१ गोल गरेका छन् । अपरान्ह ४ बजे भएको खेल बराबरीमा टुङ्गिएको हो । त्यस्तै दिउँसो १ बजे हुने भनिएको सक्षम युवा क्लब र हेटौंडा भेट्रान्स बिचको खेल भारी बर्षातका कारण ३३ मिनेट खेलेपछी रद्द भएको थियोे । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा आयोजित गौरिटार रंगशाला र सिमलटार खेल मैदानमा भैरहेको जिल्ला लिगको उद्घाटन खेल हेटौंडा ११ सिमलटार खेलमैदानमा भएको थियो । ९० खेलमध्ये ४५ खेल सिमलटारमा र ४५ खेल हेटौंडा ६ गौरिटार रंगशालामा हुने आयोजकले जनाएको छ । फाइनल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.