२०८३ श्रावण १९, मंगलवार १२:१८
२०८३ श्रावण १९, मंगलवार १२:१८
आजभोलि सडकका विरोध प्रदर्शनदेखि संसदका विषयगत समितिहरूसम्म, अनि प्रहरी महानिरीक्षक (IGP) देखि राष्ट्रिय सुरक्षा विश्लेषकहरूसम्मको मुखमा एउटै शब्द बारम्बार सुनिन्छ— ‘रोहिङ्ग्या’। पूर्वी सीमानाकाहरूमा सुरक्षा कडाइ, सुनसरी लगायतका जिल्लाहरूमा धार्मिक-सामाजिक तनावका खबर र सीमावर्ती क्षेत्रमा बढ्दो घुसपैठको चेतावनीका बीच ‘रोहिङ्ग्या शरणार्थी’ को विषय एकाएक राष्ट्रिय राजनीतिक र सुरक्षा चासोको केन्द्र बनेको छ। आखिर को हुन् त रोहिङ्ग्या? किन उनीहरू आफ्नो देश छाड्न बाध्य भए र कसरी आइपुगे नेपालको सीमासम्म? म्यानमार (पूर्व बर्मा) को राखीन (अराकान) राज्यमा शताब्दीऔँदेखि बसोबास गर्दै आएको अल्पसंख्यक मुस्लिम समुदायलाई स्थानीय भाषामा 'रोहिङ्ग्या' भनिन्छ। आफ्नो छुट्टै भाषा, संस्कृति र इतिहास भएको यो समुदाय विगत केही दशकयता विश्वकै सबैभन्दा…