Day: २०८३ मंसिर १, मंगलवार १९:०३

हेटौंडा–भीमफेदी–काठमाडौं सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको सक्रियता, सडक चौडा गर्नेदेखि प्रहरी चौकी स्थापनासम्मका निर्णय

हेटौंडा–भीमफेदी–काठमाडौं सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको सक्रियता, सडक चौडा गर्नेदेखि प्रहरी चौकी स्थापनासम्मका निर्णय

हेटौंडा । हेटौंडा–भीमफेदी–काठमाडौं सडकखण्डमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। २०८३ साल मङ्सिर १ गते मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा बसेको बैठकले सडक पूर्वाधार सुधार, सवारी साधनको प्राविधिक परीक्षण, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो। बैठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, प्रदेशसभा सदस्यहरू, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सम्बन्धित कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले हेटौंडा–भीमफेदी–देउराली सडकखण्डलाई फराकिलो बनाउने तथा आवश्यक स्थानमा सडक पुल निर्माण र व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सम्भाव्यता…
Read More
स्व. पवित्रा रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एमाले बागमती प्रदेश संगठन कमिटीद्वारा शोकसभा सम्पन्न

स्व. पवित्रा रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एमाले बागमती प्रदेश संगठन कमिटीद्वारा शोकसभा सम्पन्न

चितवन। नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा स्वर्गीय पवित्रा रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसभा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। नेपाल सरकारका पूर्व सहसचिव सूर्य शरण रेग्मीकी धर्मपत्नी, नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीअन्तर्गत साहित्य, कला तथा संस्कृति विभागका सचिव क. प्रकाश रेग्मी, प्रभाश रेग्मी र विनु रेग्मीकी ममतामयी माता तथा हितोमी रेग्मीकी सासूआमा स्व. पवित्रा रेग्मीको २०८३ साल कार्तिक २५ गते ७६ वर्षको उमेरमा आकस्मिक मस्तिष्कघातका कारण असामयिक निधन भएको थियो। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसभा आयोजना गरिएको हो। कार्यक्रममा नेकपा (एमाले)…
Read More
करको दर होइन, दायरा र उत्पादन बढाएर समृद्धि हासिल गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

करको दर होइन, दायरा र उत्पादन बढाएर समृद्धि हासिल गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौंडा, मंसिर १ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर वृद्धि गरेर मात्र राजस्व संकलन नबढ्ने भन्दै उत्पादन, लगानी र रोजगारी विस्तारमार्फत करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने यस वर्षको नारालाई औपचारिकतामा मात्र सीमित नराखी राज्य सञ्चालनको व्यवहारिक आधार बनाउनुपर्ने उहाँको भनाइ थियो। ​मुख्यमन्त्री थापा मगरले नागरिकमाथि अनावश्यक करको भार थोपर्नुभन्दा आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने क्षमतावान् नागरिक र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.