नेपाली कांग्रेसको १५औँ महाधिवेशन: केन्द्रीय निर्वाचन समितिद्वारा कार्यतालिका सार्वजनिक

नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि निर्वाचनको पूर्ण कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन सञ्चालन हुनेछ। महाधिवेशनको मुख्य प्रक्रिया भदौको दोस्रो सातादेखि नै सुरु हुनेछ, जसअन्तर्गत भदौ २ देखि १० गतेसम्म काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ।

​सार्वजनिक कार्यतालिका अनुसार भदौ २४ गते देशैभरका ६,७४३ वटै वडामा एकैसाथ गाउँ-नगर वडा अधिवेशन हुनेछ, जहाँबाट क्षेत्रीय प्रतिनिधिहरू चयन गरिनेछन्। वडा अधिवेशन अघि भदौ ११ गते जिल्लामा निर्वाचन अधिकृत र भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेछ। यस्तै, भदौ १६ देखि २० सम्म वडा तहमा अभिमुखीकरण तालिम सञ्चालन हुनेछ भने प्रवासमा रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्ने गरी समयसीमा तोकिएको छ।

​वडा तहको चुनावपछि स्थानीय तथा प्रादेशिक तहका अधिवेशनहरू तीव्र गतिमा अघि बढ्नेछन्। भदौ २७ गते गाउँ-नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ३ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन) हुनेछ। त्यसपछि असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न भई असोज तेस्रो साता केन्द्रीय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.