Day: २०८३ मंसिर ५, शनिबार २१:०१

शैक्षिक सहयोग अक्षयकोषको वार्षिक साधारणसभा सम्पन्न, तीन विद्यार्थीले पाए जनही १० हजार छात्रवृत्ति

शैक्षिक सहयोग अक्षयकोषको वार्षिक साधारणसभा सम्पन्न, तीन विद्यार्थीले पाए जनही १० हजार छात्रवृत्ति

मकवानपुर, मंसिर ५ । मकवानपुरमा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले क्रियाशील शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरले आफ्नो सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार आयोजित सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था तथा आगामी योजनाबारे समीक्षा गरिएको थियो । संस्थाका अध्यक्ष रघुनाथ खुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले शिक्षाबाट कोही पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थापित संस्थाको अभियान प्रशंसनीय रहेको बताउनुभयो । विपन्नता, अभिभावकविहीन अवस्था तथा विभिन्न सामाजिक परिस्थितिका कारण पढाइलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई सहयोग…
Read More
राक्सिराङमा नेपाली कांग्रेसको डिजिटल प्रविधिसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राक्सिराङमा नेपाली कांग्रेसको डिजिटल प्रविधिसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर । नेपाली कांग्रेसको संगठनलाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकामा डिजिटल प्रविधिसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम गाउँपालिका कार्यसमितिका सभापति देवबहादुर थिङको सभापतित्व तथा पार्टीकी केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि एवं बागमती प्रदेशसभा सदस्य गीता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले बदलिँदो समय र प्रविधिको विकाससँगै राजनीतिक दलका गतिविधि तथा संगठनात्मक संरचनालाई पनि डिजिटल प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो। उहाँले डिजिटल प्रविधिको प्रभावकारी प्रयोगले पार्टीको अभिलेख व्यवस्थापन, सूचना तथा सञ्चार प्रणाली, संगठनात्मक गतिविधिको अभिलेखीकरण र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.