Day: २०८३ मंसिर ४, शुक्रबार २०:३६

हाजिरीजवाफ प्रतियोगितामा तुलसी मेहर मेमोरियल मावि प्रथम

हाजिरीजवाफ प्रतियोगितामा तुलसी मेहर मेमोरियल मावि प्रथम

हेटौंडा । विद्यार्थीको बौद्धिक क्षमता, ज्ञान र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले जेसीआई हेटौंडाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ। जेसीज सप्ताह २०२६ अन्तर्गत शुक्रबार आयोजित अम्बिका देवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तुलसी मेहरले उपाधि आफ्नो पक्षमा पारेको हो। हेटौंडा–९ स्थित जेसीज सचिवालयमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेको तुलसी मेहरले नगद ९ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा जि.एस. निकेतन माध्यमिक विद्यालय दोस्रो हुँदै ६ हजार रुपैयाँ र भुटनदेवी माध्यमिक विद्यालय तेस्रो हुँदै ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए। विभिन्न विद्यालयका विद्यार्थीबीच ज्ञान, तर्कशक्ति…
Read More
हेटौँडा–१५ को स्नुकर च्याम्पियनसिप सम्पन्न : निश्चल गुरुङ बने च्याम्पियन, ‘खेलकुदले स्थानको पहिचान र विकास गर्छ’- कुमारी मोक्तान

हेटौँडा–१५ को स्नुकर च्याम्पियनसिप सम्पन्न : निश्चल गुरुङ बने च्याम्पियन, ‘खेलकुदले स्थानको पहिचान र विकास गर्छ’- कुमारी मोक्तान

हेटौँडा । रसुवाको भोटेकोशीमा गत भदौमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा–१५ निवासी स्वर्गीय सुमन गोले र रमेश मगरको स्मृतिमा आयोजित ‘१५ नं. वडास्तरीय स्नुकर च्याम्पियनसिप’ सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै निश्चल गुरुङ च्याम्पियन बन्न सफल भएका छन्। हेटौँडा–१५ खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको समापन समारोह समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षता तथा पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–१५ का वडाध्यक्ष सुनिल मोक्तान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोक्तानले खेलकुदले मानिसलाई उत्साहित, ऊर्जाशील र अनुशासित बनाउँदै सकारात्मक दिशामा अघि बढ्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.