२०८३ कार्तिक २२, आईतवार १०:२३
२०८३ कार्तिक २२, आईतवार १०:२३
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हर्षोल्लासका साथ कुकुर तिहार मनाइन्छ। यस दिन मानिसको बफादार साथी मानिने कुकुरलाई मीठा-मीठा खानेकुरा खुवाएर, टीका लगाई र फूलको माला पहिराएर विशेष सम्मान एवं पूजा गरिन्छ। हिन्दु धर्ममा कुकुरलाई केवल घरपालुवा जनावर मात्र नभई मृत्युका देवता यमराजको दूत र धर्म, निष्ठा तथा सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। यस दिन कसैले पनि कुकुरप्रति अनादरपूर्ण व्यवहार गर्नु पाप मानिने शास्त्रीय एवं सांस्कृतिक मान्यता रहिआएको छ। कुकुर तिहार मनाउनुका पछाडि थुप्रै पौराणिक तथा धार्मिक कारणहरू जोडिएका छन्। पण्डित नारायणप्रसाद दुलालका अनुसार शास्त्रमा कुकुरलाई विधिवत् पूजा गर्ने भनեभनिए तापनि ‘स्वानबलि’ अर्थात् कुकुरलाई मन पर्ने खानेकुरा…