२०८३ कार्तिक ९, सोमबार १९:५३
२०८३ कार्तिक ९, सोमबार १९:५३
हेटौँडा। बागमती प्रदेश सरकारको कामकारबाहीलाई थप परिणाममुखी र चुस्त बनाउने उद्देश्यका साथ मुख्यमन्त्री किरण थापा मगरले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने क्रमलाई निरन्तरता दिएका छन्। यसै अभियानअन्तर्गत मुख्यमन्त्री थापाले कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरसँग औपचारिक रूपमा कार्यसम्पादन सम्झौता सम्पन्न गरेका छन्। प्रदेशका अन्य मन्त्रीहरूसँग यसअघि नै सम्झौता भइसकेको भए पनि मन्त्री आले मगरको स्वास्थ्यमा आएको समस्याका कारण यो प्रक्रिया केही समय पछि धकेलिएको थियो। स्वास्थ्य प्रतिकूलताका कारण अन्य मन्त्रीहरूसँगै शपथ लिन नसकेकी मन्त्री आले मगरले गत असोज २ गते मात्रै आफ्नो पद तथा गोपनीयताको शपथ लिएर मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन्। जिम्मेवारी सम्हालेसँगै प्रदेश सरकारको घोषित लक्ष्य अनुसार मुख्यमन्त्री…