२०८३ आश्विन ३१, शनिबार ९:४०
२०८३ आश्विन ३१, शनिबार ९:४०
हेटौँडा । बडादसैँको विशेष पर्व नवरात्रअन्तर्गत महासप्तमीका दिन मकवानपुरको प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्र मानिने ऐतिहासिक भुटनदेवी मन्दिरमा भव्यताका साथ फूलपाती भित्र्याइएको छ। सनातन धार्मिक परम्परा अनुसार नौ प्रकारका शुभ वनस्पती (नवपत्रिका) लाई देवीका विभिन्न स्वरूपका रूपमा पूजा-आराधना गर्दै मन्दिर प्राङ्गणमा भित्र्याइएपछि मकवानपुरवासीमा दशैँको रौनक झनै चुलिएको छ। हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती रोडमा रहेको गोरक्षेश्वर मन्दिरबाट सुरु भएको धार्मिक शोभायात्रा सांस्कृतिक बाजागाजा र भक्तिमय वातावरणका साथ भुटनदेवी मन्दिर प्राङ्गण पुगेको थियो। फूलको सजाइएको डोली र वैदिक मन्त्रोच्चारणसहित निकालिएको पदयात्राले नगर परिक्रमा गर्दा स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। गोरक्षेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तम शर्मा ढकालको नेतृत्वमा सम्पन्न यस शोभायात्राले…