Day: २०८३ आश्विन २६, सोमबार २०:१९

चौथो वडाध्यक्ष कप फुटबल: कर्णावतीलाई पराजित गर्दै देवनगर टोल विजयी

चौथो वडाध्यक्ष कप फुटबल: कर्णावतीलाई पराजित गर्दै देवनगर टोल विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा जारी 'चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता' अन्तर्गत दोस्रो दिनको खेलमा देवनगर टोल विकास संस्था विजयी भएको छ। अत्यन्तै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको आजको खेलमा देवनगर टोलले कर्णावती टोल विकास संस्थालाई ३-२ को गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो। ​देवनगरका लागि खेलको सुरुवात नै धमाकेदार रह्यो। देवनगरका खेलाडी सञ्जय देउलाले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभएको थियो। त्यस्तै, देवनगरको जितमा सन्देश देउला र प्रशान्त देउलाले समान १/१ गोलको योगदान पुर्‍याउनुभयो। कर्णावती टोलले पनि उत्कृष्ट पुनरागमनको प्रयास गर्दै २ गोल फर्काए तापनि देवनगरको अग्रता तोड्न नसक्दा…
Read More
​”सचेतनाले मात्रै स्वस्थ र सुरक्षित समाज निर्माण सम्भव छ”: हेटौँडा-१५ मा साइबर अपराध र लागूऔषध दुर्व्यसनीविरुद्ध बृहत् अभियान सुरु

​”सचेतनाले मात्रै स्वस्थ र सुरक्षित समाज निर्माण सम्भव छ”: हेटौँडा-१५ मा साइबर अपराध र लागूऔषध दुर्व्यसनीविरुद्ध बृहत् अभियान सुरु

हेटौँडा, असोज २६ गते। बढ्दो प्रविधिको गलत प्रयोग र कुलतका कारण समाजमा निम्तिएका जटिल समस्याहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा साइबर अपराध तथा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रमको औपचारिक सुरुवात भएको छ। हेटौँडा-१५ वडा कार्यालयको सहयोग एवम् सहकार्यमा सञ्चालित सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् वडा अध्यक्ष सुनिल मोक्तानले सामाजिक चेतना र सतर्कताले मात्रै स्वस्थ, सुन्दर र सुरक्षित समाजको निर्माण सम्भव हुने बताउनुभयो। ​सम्बोधनका क्रममा प्रमुख अतिथि मोक्तानले जानेर वा नजानेर दिनप्रतिदिन धेरै मानिसहरू साइबर अपराध र लागूऔषधको दुर्व्यसनमा फसिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "अहिले प्रहरी प्रशासनमा पनि साइबर अपराध, सामाजिक सञ्जालमार्फत हुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.