२०८३ आश्विन २३, शुक्रबार १६:२७
२०८३ आश्विन २३, शुक्रबार १६:२७
गोदावरी (ललितपुर)। बागमती प्रदेश सरकारले बाढी पहिरोका कारण अभिभावक गुमाएका बालबालिकाको कक्षा १२ सम्मको अध्ययनको पूर्ण जिम्मेवारी लिने भएको छ। ललितपुरको गोदावरीमा आयोजित बृहत् सांगीतिक तथा सांस्कृतिक गोदावरी महोत्सव–२०८३ को उद्घाटन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले यस्तो घोषणा गर्नुभएको हो। सरकारले बालबालिकाहरूलाई आवासीय विद्यालयमा राखेर वा परिवारलाई मासिक रूपमा आर्थिक राहत उपलब्ध गराएर पठनपाठनको निरन्तरता सुनिश्चित गर्ने तयारी गरिरहेको छ। उक्त शैक्षिक सहयोग कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश मन्त्रिपरिषद्ले छुट्टै कार्यविधि तयार गरी कार्यान्वयनको अन्तिम चरणमा पुर्याएको मन्त्री पौडेलले जानकारी दिनुभयो। असोज २३ गते आयोजित कार्यक्रममा बोल्दै उहाँले रसुवा लगायतका जिल्लामा भोटेकोशीको बाढीबाट प्रभावित…