२०८३ आश्विन २२, बिहीबार १८:४३
२०८३ आश्विन २२, बिहीबार १८:४३
काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा र पालिका तहको अधिवेशन मिति निर्धारण गरेको हो। बैठकको सुरुआतमै केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। बैठकले गरेको निर्णय अनुसार आगामी मङ्सिर २६ गते देशभरका वडा कमिटीहरूको अधिवेशन र पुस ४ गते पालिका तहको अधिवेशन सम्पन्न गरिनेछ। अधिवेशनअघि मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गरिने भएको छ, जसमा प्रदेश तथा जिल्लाका पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष…