२०८३ भाद्र २३, मंगलवार ११:५२
२०८३ भाद्र २३, मंगलवार ११:५२
हेटौंडा–११ थानाभर्याङस्थित बालसुधार गृहमा किशोरहरूको मानसिक स्वास्थ्य सुदृढ बनाउँदै उनीहरूलाई सकारात्मक जीवन दृष्टिकोणतर्फ डोर्याउने उद्देश्यले एक विशेष परामर्श कार्यक्रम आयोजना गरिएको छ। अनपेक्षित परिस्थितिका कारण सुधार गृहसम्म पुगेका ७२ जना बालकहरूलाई आफ्नो मानसिक स्थिति बलियो बनाउन र तनाव व्यवस्थापन गर्न सघाउने हेतुले 'मनोसामाजिक सचेतना तथा आत्महेरचाह' सम्बन्धी प्रशिक्षण दिइएको हो। इन्सेक, मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेश र सुनौलो शिक्षा नेपालको संयुक्त पहलमा सञ्चालित उक्त कार्यक्रमले किशोरहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने प्रयास गरेको छ। तालिमका क्रममा मनोसामाजिक परामर्शकर्ता तथा सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलालले दैनिक जीवनमा आइपर्ने मानसिक तनावलाई कसरी व्यवस्थापन गर्ने, नकारात्मक सोचबाट कसरी बच्ने र आत्महेरचाह (Self-care) का…