२०८३ भाद्र १०, बुधबार २१:४७
२०८३ भाद्र १०, बुधबार २१:४७
काठमाडौं । उत्तरी रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै प्रधानमन्त्री मोदीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो। यो कठिन समयमा भारतीय जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग पूर्ण ऐक्यबद्धताका साथ उभिएको उहाँले बताउनुभएको छ। टेलिफोन संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालका लागि सम्भावित सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको स्पष्ट पार्नुभएको छ। बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन दुवै देशका टोलीहरूबीच निकटताका साथ समन्वय भइरहेको समेत उहाँले…