Day: २०८३ भाद्र ६, शनिबार २१:००

खहरेबाट प्रभावित बासुदेवका बालिकाका परिवारलाई कंग्रेस मकवानपुरको २५ हजार राहत, सभापति लामा आफैँ पुगे घरदैलोमा

खहरेबाट प्रभावित बासुदेवका बालिकाका परिवारलाई कंग्रेस मकवानपुरको २५ हजार राहत, सभापति लामा आफैँ पुगे घरदैलोमा

हेटौंडा। नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले हेटौंडा–१९ बासुदेवस्थित खहरेमा बगेर ज्यान गुमाएका तथा घाइते भएका बालिकाका परिवारको घरमै पुगेर जनही २५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ। शनिबार कंग्रेस मकवानपुरका प्रतिनिधिहरूले पीडित परिवारसँग प्रत्यक्ष भेट गरी आर्थिक सहयोग हस्तान्तरणका साथै समवेदना व्यक्त गरेका हुन्। ​गत भदौ २ गते निर्मल माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा बासुदेवस्थित खहरे खोलामा आएको भेलले बगाउँदा तीन जना बालिकाको मृत्यु भएको थियो भने एक बालिकालाई सकुशल उद्धार गरिएको थियो। घटनामा ८ वर्षीया रोसनी स्याङ्ताङ, १२ वर्षीया बिनिता ब्लोन र ११ वर्षीया सुमित्रा ब्लोनको मृत्यु भएको थियो भने १३ वर्षीया सिमा भोलन…
Read More
गरिमाको न्यायका लागि हेटौँडामा नागरिक समाजको खबरदारी: शीतल महल चोकबाट बृहत् र्‍याली र प्रदर्शन

गरिमाको न्यायका लागि हेटौँडामा नागरिक समाजको खबरदारी: शीतल महल चोकबाट बृहत् र्‍याली र प्रदर्शन

हेटौँडा, मकवानपुर । बाराको जीतपुरसिमरा–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको बर्बर हत्याको विरोधमा मकवानपुर नागरिक समाज अग्रपंक्तिमा आएर आन्दोलनको नेतृत्व सम्हालेको छ। अबोध बालिकामाथि भएको यस्तो अमानवीय र क्रूर अपराधविरुद्ध आवाज उठाउन र पीडित परिवारलाई न्याय दिलाउन मकवानपुर नागरिक समाजको आयोजनामा हेटौँडा–४ स्थित शीतल महल चोकबाट भव्य विरोध र्‍याली तथा ‘खबरदारी सभा’ सम्पन्न भएको छ। बेलुकी ५ बजे आयोजित उक्त र्‍यालीमा स्थानीय नागरिक, महिला अधिकारकर्मी र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले प्लेकार्डसहित 'न्याय नपाएसम्म हाम्रो आवाज रोकिने छैन' भन्दै राज्य र कानुनी निकायहरूलाई कडा चेतावनी दिएका छन्। ​नागरिक समाजको यस ऐक्यबद्धता र्‍यालीले हेटौँडाको आन्दोलनलाई थप सशक्त…
Read More
बासुदेव खोला दुर्घटना: पीडित परिवारको घरैमा पुगेर हेटौंडा–१५ वडाद्वारा राहत हस्तान्तरण, नानीहरूको सम्झनामा पार्क र सालिक बनाइने

बासुदेव खोला दुर्घटना: पीडित परिवारको घरैमा पुगेर हेटौंडा–१५ वडाद्वारा राहत हस्तान्तरण, नानीहरूको सम्झनामा पार्क र सालिक बनाइने

हेटौंडा। हेटौंडा–१९ स्थित बासुदेव खोलाले बगाएर साना छात्राहरूको मृत्यु भएको अकल्पनीय दुर्घटनाका पीडित परिवारलाई भेट्न स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा युवा संघका प्रतिनिधिहरू घरमै पुगेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानले पूर्वघोषित प्रतिबद्धता अनुसार मङ्गलबार पीडित परिवारको घरमै पुगेर नगद राहत रकम हस्तान्तरण गर्नुभएको हो। विपद्को यस कठिन घडीमा पीडित परिवारलाई प्रत्यक्ष भेटेर ढाडस दिँदै वडा कार्यालयको तर्फबाट मृतक तीन छात्राहरूको परिवारलाई प्रतिपरिवार नगद रु. १० हजार र घाइते छात्रालाई रु. १५ हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। ​राहत रकम हस्तान्तरण गर्दै हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले यस्तो सानो सहयोगले गुमेका कोमल…
Read More
हेटौँडामा भदौ ७ गते ‘जबजमा महिला अधिकार’ विषयक बैचारिक छलफल तथा अन्तरक्रिया कार्यक्रम हुँदै

हेटौँडामा भदौ ७ गते ‘जबजमा महिला अधिकार’ विषयक बैचारिक छलफल तथा अन्तरक्रिया कार्यक्रम हुँदै

हेटौँडा । मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरको आयोजनामा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती (हीरक जयन्ती) को अवसरमा ‘जबजमा महिला अधिकार’ विषयक वैचारिक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। ​जननेता भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले महिला अधिकार, समानता र सामाजिक रूपान्तरणका क्षेत्रमा पारेको प्रभाव र यसको समकालीन सान्दर्भिकताबारे मन्थन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको हो। ​फाउन्डेसन मकवानपुरका अनुसार उक्त कार्यक्रम २०८३ भाद्र ७ गते आइतबार दिउँसो ११:०० बजे हेटौँडा-१० स्थित टोनी हेगेन पार्क (सामाजिक विकास मन्त्रालयको ठिक अगाडि/पूर्व दिशा) मा सञ्चालन हुनेछ। ​परिवर्तन, समानता र अधिकारको यस वैचारिक विमर्शमा बुद्धिजीवी, सामाजिक अभियन्ता,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.