२०८३ श्रावण २०, बुधबार १४:३८
२०८३ श्रावण २०, बुधबार १४:३८
हेटौँडा। बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौँडा उपमहानगरपालिका कमिटीले जिल्ला प्रशासन कार्यालय, मकवानपुरको ध्यान आकृष्ट गराएको छ। अनेरास्ववियुका नगर संयोजक रिजन जिसीको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै सर्वसाधारण, विद्यार्थी, श्रमिक तथा व्यवसायीहरू ग्यासको अभावमा सास्ती भोग्न बाध्य भएको जनाएको छ। बजारमा अस्वाभाविक मौज्दात राख्ने र बढी मूल्य असुलेर उपभोक्तामाथि अन्याय गर्ने प्रवृत्ति बढेकाले तत्काल प्रभावकारी कदम चाल्न सङ्गठनले स्थानीय प्रशासनसँग माग गरेको छ। ध्यानाकर्षण पत्रमार्फत अनेरास्ववियुले ग्यासको सहज, नियमित र पर्याप्त आपूर्तिको व्यवस्था मिलाउन, अनुगमन तीव्र पारी कालोबजारी गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्न, तथा…