स्थानीय

पालुङ जेसीजको जेसीज सप्ताह मंसिर २१ देखि

मकवानपुर । पालुङ जेसीजको जेसीज सप्ताह २०२५ मंसिर २१ गते आईतबारदेखि हुने भएको छ । थाहा नगरमा क्रियाशिल सामाजिक संस्था पालुङ जेसीजले शुक्रबार एक कार्यक्रमबिच जेसीज सप्ताह अन्तरगतको ७ दिन संचालन हुने कार्यक्रमको जानकारी गराईएको हो । पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधब कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक अजित कार्कीले जेसीज सप्ताह अन्तरगत संचालन गरिने कार्यक्रमको बारेमा जानकारी गराएका थिए । मूल कार्यक्रम संयोजक कार्कीका अनुसार मंसिर २१ गते बिश्वराम पौडेलको संयोजकत्वमा थानाबजारमा जेसीज सप्ताहको उद्घाटन तथा जेसीज प्रशिक्षण कार्यक्रम, २२ गते संजिता बस्नेतको संयोजकत्वमा थाहा २ को मंगलेश्वर प्राबिमा भरतरत्न छात्रवृत्ति…
Read More

डेरीले आफु र किसान दुवैलाई उभो लगायो

सुशिला तामाङ/भीमेश्वर–८, बोच दोलखा सहकारीबाट २५ लाख ऋण लिएर सुरु गरिएको दुध संकलन तथा प्रशोधन डेरी अहिले सयौं किसानको सारथी बनेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ८ बोचमा सुशिला तामाङले उपत्यकामा भए जस्तै राम्रो डेरी सञ्चालन गर्न सहकारीबाट पहिला २५ लाख रुपैयाँ ऋण लिएर डेरी सञ्चालनमा ल्याउनु भएको थियो । उक्त ऋण चुक्ता गर्दै लिँदै गर्दा १० लाख रुपैयाँ ऋण छ तर लाखौँको व्यापार गरी लाखौँकै सम्पति पनि जोडिसकिन उनले । चरिकोटमा सञ्चालित एउटा सहकारी संस्थाबाट सानो ऋण लिएर सुरु गरेको समर्पण दुध सङकलन तथा प्रशोधन डेरी उद्योग अहिले लाखौँको व्यापार गर्ने हैसियतमा पुगेको हो । तामाङका श्रीमान्…
Read More

लघु उद्यमबाट सफल भएको बिमलाको जीवन यात्रा

सिन्धुली । बिमला थापा लघु उद्यम क्षेत्रमा सिन्धुलीमा चिनिएको नाम हो । १२ वर्ष अघि मेडेपले गृहिणी महिलालाई टिका बनाउने तालिम दिन थालेको थाहा पाएकी कमला माई नगरपनलिका वडा नम्बर ५ मधुटारकी बिमला थापा उक्त तालिममा सहभागि भईन । श्रीमान् विदेशमा भएका बेला छोराछोरीलाई सासुको जिम्मा लगाएर दिउँसोको समयमा व्यवसायीक क्षमता विकास तालिम लिएकी थापालाई तालिमले आँटिलो बनायो । उनले लघु उद्यममा कम लगानी र धेरै आम्दानीको सम्भावना देखिन् । श्रीमान््ले पठाएको पैसाले घर चलाउन धौ धौ भएको बेला उनले पाएको तालिमको सदुपयोग गरि आयमा जोडिने निधो गरिन र श्रीमान् विदेशमै भएका बेलामै व्यवसाय सुरु गरिन । टिका बनाउने सिप…
Read More

बाख्रासंगै रमाउछन् आचार्य

रसुवाको कालिका गाउँपालिका–३, कटुन्जे निवासी रुद्र प्रसाद आचार्यको खोरमा अहिले बाख्राहरू रमाइरहेका छन् । बारीमा हरिया तरकारी लहलहाई रहेका छन्। यी दृश्यले एउटा स्पष्ट संकेत गर्छ—उहाँ आत्मनिर्भर उद्यमशील किसानका रुपमा स्थापित भइसकेका छन्। एक दशकअघि रोजगारीका लागि खाडी मुलुक पुगेका आचार्यले ठूलो आम्दानीको सपना देखेका थिए। तर, वर्षौंको मेहनतपछि पनि आर्थिक रूपमा उल्लेखनीय उन्नति हुन सकेन। अन्ततः, उनले विदेशभन्दा आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने निष्कर्ष निकाले। पाँच वर्षअघि गाउँ फर्किएपछि उनले बाख्रापालन र तरकारी खेतीलाई रोजे। सुरुमा चुनौतीहरूसँग जुध्नुप¥यो, तर धैर्य र लगनशीलताले सफलताको ढोका खोल्यो। अहिले उनी एक दर्जनभन्दा बढी बाख्रा पाल्छन् र विभिन्न प्रकारका तरकारी उत्पादन गर्छन्। आचार्यको…
Read More
बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

मकवानपुर । गायक बुद्ध मोक्तान र गायिका मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ बोलको गीत सार्वजनिक भएको छ । गायक बुद्ध मोक्तानकै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौँडाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय स्थलहरुको चर्चा गरिएको छ । हेटौँडा १७ हटिया निवासी गायक मोक्तानले आफु जन्मेको स्थानका बारेमा निक्कै सुन्दर शब्दहरु कोरेका छन् । गीतको म्युजिक भिडियोमा मकवानपुरगढी दरबार, शहिद स्मारक, गुम्बा डाँडा, दारको ठेकी, हेटौँडा बजार, जुरेथुम पर्यटकीय पार्क, पुष्पलाल पार्क, मनकामना, भैरवडाँडा, पाथिभरा, भुटनदेवी, चुरियामाई लगायतका पर्यटकीय, ऐतिहासिक तथा साँस्कृतिक र धार्मिक क्षेत्रहरुको चर्चासँगै सुन्दर दृश्यहरु समावेश…
Read More

लगातार वर्षाले भरिनै लाग्यो कुलेखानी, ड्यामको ढोका खोल्नुपर्ने अवस्था

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम केही केही घण्टामै भरिन लागेको भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले केही समयअघि मात्रै सूचना जारी गर्दै नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवर (कुलेखानी) भरिन लागेको जनाएको हो । कार्यालयका अनुसार बाँधको सुरक्षालाई समेत मध्येनजर गर्दै ड्यामको ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको छ । कार्यालयले कुलेखानीदेखि तल सिस्नेरी हुँदै बागमती नदि किनारका बस्तीहरुमा एक्कासी बाढी आउन सक्ने अवस्था भएकोले उक्त टटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरु एवम् स्वयमसेवकहरुलाई समेत हाइ अलर्टमा बस्न कार्यालयले आग्रह…
Read More

जिप्रका मकवानपुरमा अडियो भिज्युअल सामग्री

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सामी कार्यक्रम अन्तर्गत अडियो भिज्युअल सामग्रीको सुरुवात गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल र हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सेवाको सुरुवात गरेका हुन् । उक्त सामग्रीबाट वैदेशिक रोजगारीमा जान तयारी गर्नेहरुले लाभ उठाउन सकिने बताइएको छ । विदेशमा रोजगारीका लागि जान चाहनेहरुले कार्यालयमा राखिएका सामग्रीहरुले विभिन्न जानकारी प्रदान गर्ने छ । वैदेशिक रोजगारीका लागि अपनाउनुपर्ने सुरक्षाका उपायहरु, ध्यान दिनुपर्ने कुराहरु तथा आफुमा हुनुपर्ने विभिन्न गुणहरुका बारेमा उक्त सामग्री उपयोगी हुने बताइएको छ ।
Read More

विद्यार्थीहरुलाई सहयोग गर्न गाउँ पुगे पत्रकार सन्देश थिङ

मकवापुर । तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष समेत रहेका मकवानपुरे पत्रकार सन्देश थिङले मनहरीको एक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका छन्। थिङले मनहरी–२, भुन्द्रुङ्गटाँडीमा अवस्थित श्री सीता माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन्। उनले आफ्नो २८ औं जन्मदिनको अवसरमा माविमा अध्यनरत १–५ कक्षासम्मका करिब २ सय विद्यार्थीलाई एक समारोहबिच कापी र सामुहिक रुपमा खेल्नका लागि २ थान फुटबल हस्तान्तरण गरे। पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने विद्यार्थी लक्षित गरि सामाग्री हस्तान्तरण गर्न पाएकोमा उनले खुशी व्यक्त गरे। जन्मदिनमा केकहरु काटेर खर्च गर्नुभन्दा साना भाइबहिनीहरुलाई मदत गर्ने लक्ष्य बोकेर थिङ…
Read More

भोर्लेमा सामुहिक साग खेती गर्ने ११ महिलालाई सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ भोर्लेमा ११ जना महिलाहरुलाई सम्मान गरिएको छ । भोर्लेमा अवस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध रहि गुन्द्रुक उत्पादनकालागि सामुहिक साग खेती गर्ने ११ जना महिलालाई सस्थाको १० औं वार्षिक साधारण सभामा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले उनीहरुलाई रातो गलबन्दी ओढाएर सम्मान गनुृभएको हो । सहकारीले उत्पादन गरेको गुन्द्रुक हेटौंडा बजार क्षेत्रका होटल तथा रेष्टुरेन्टमा खपत हुने गरेको छ । सामुहिक साग खेती गरी उत्पादित गुन्द्रुकको माग बाह्य जिल्लाबाट पनि भइरहेको सहकारीले जनाएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.