२०८१ भाद्र २८, शुक्रबार ०६:१२
२०८१ भाद्र २८, शुक्रबार ०६:१२
मकवानपुर । बागमती प्रदेश सभा सदस्य भारती कुमारी पाठकले युवा र महिलालाई सामुदायिक वन सँग जोड्नुपर्ने बताएकी छिन् । वन व्यवस्थापनमा समुदायको भूमिका बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै वन मार्फत आर्यआर्जनमा जोड्नुपर्ने बताइन् । प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल ९डब्लूआरआरएन० को आयोजनामा बिहीवार हेटौँडा–६ चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको हलमा कार्यक्रम भएको हो । कार्यक्रममा साँसद पाठकले वनको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा समुदायले जानकारी दिनुपर्ने उनको भनाइ छ । देशभर रहेका वन उपभोक्ता समूहले नै वन जोगाएर हराभरा बनाएको बताउँदै उनले अव समुदायले व्यवस्थापनको पाटोमा पनि काम गर्नुपर्नेमा जोड दिइन् । उनले वनमा उमेर पुगेका रुख निकाल्ने, जडिबुटी रोप्ने…