समाचार

सरकारले घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्यो

काठमाडौँ। आज सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारणी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। ओली सरकारद्वारा अथक प्रयास गरिरहँदा आज बल्ल यो निर्णयमा पुग्न सफल भएको हो। आज बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई हटाउन निर्णय सहित बर्खास्त गरिएको बैठकमा संलग्न एक मन्त्रीले सञ्चारकर्मीहरूलाई जानकारी दिए। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारिणी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार उनी उक्त पदमा रहन दोस्रो कार्यकालको लागि प्राधिकरणमा नियुक्त हुन सफल भएका थिए। प्राधिकरणको कार्यकारणी निर्देशकको समय अवधि सकिनु अगाडि नै सरकारले उनलाई आज हटाएको हो। घिसिङको ओली सरकारबीच खासै निकट सम्बन्ध भने भइरहेका थिएन।…
Read More

डेरीले आफु र किसान दुवैलाई उभो लगायो

सुशिला तामाङ/भीमेश्वर–८, बोच दोलखा सहकारीबाट २५ लाख ऋण लिएर सुरु गरिएको दुध संकलन तथा प्रशोधन डेरी अहिले सयौं किसानको सारथी बनेको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ८ बोचमा सुशिला तामाङले उपत्यकामा भए जस्तै राम्रो डेरी सञ्चालन गर्न सहकारीबाट पहिला २५ लाख रुपैयाँ ऋण लिएर डेरी सञ्चालनमा ल्याउनु भएको थियो । उक्त ऋण चुक्ता गर्दै लिँदै गर्दा १० लाख रुपैयाँ ऋण छ तर लाखौँको व्यापार गरी लाखौँकै सम्पति पनि जोडिसकिन उनले । चरिकोटमा सञ्चालित एउटा सहकारी संस्थाबाट सानो ऋण लिएर सुरु गरेको समर्पण दुध सङकलन तथा प्रशोधन डेरी उद्योग अहिले लाखौँको व्यापार गर्ने हैसियतमा पुगेको हो । तामाङका श्रीमान्…
Read More

लघु उद्यमबाट सफल भएको बिमलाको जीवन यात्रा

सिन्धुली । बिमला थापा लघु उद्यम क्षेत्रमा सिन्धुलीमा चिनिएको नाम हो । १२ वर्ष अघि मेडेपले गृहिणी महिलालाई टिका बनाउने तालिम दिन थालेको थाहा पाएकी कमला माई नगरपनलिका वडा नम्बर ५ मधुटारकी बिमला थापा उक्त तालिममा सहभागि भईन । श्रीमान् विदेशमा भएका बेला छोराछोरीलाई सासुको जिम्मा लगाएर दिउँसोको समयमा व्यवसायीक क्षमता विकास तालिम लिएकी थापालाई तालिमले आँटिलो बनायो । उनले लघु उद्यममा कम लगानी र धेरै आम्दानीको सम्भावना देखिन् । श्रीमान््ले पठाएको पैसाले घर चलाउन धौ धौ भएको बेला उनले पाएको तालिमको सदुपयोग गरि आयमा जोडिने निधो गरिन र श्रीमान् विदेशमै भएका बेलामै व्यवसाय सुरु गरिन । टिका बनाउने सिप…
Read More

बाख्रासंगै रमाउछन् आचार्य

रसुवाको कालिका गाउँपालिका–३, कटुन्जे निवासी रुद्र प्रसाद आचार्यको खोरमा अहिले बाख्राहरू रमाइरहेका छन् । बारीमा हरिया तरकारी लहलहाई रहेका छन्। यी दृश्यले एउटा स्पष्ट संकेत गर्छ—उहाँ आत्मनिर्भर उद्यमशील किसानका रुपमा स्थापित भइसकेका छन्। एक दशकअघि रोजगारीका लागि खाडी मुलुक पुगेका आचार्यले ठूलो आम्दानीको सपना देखेका थिए। तर, वर्षौंको मेहनतपछि पनि आर्थिक रूपमा उल्लेखनीय उन्नति हुन सकेन। अन्ततः, उनले विदेशभन्दा आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने निष्कर्ष निकाले। पाँच वर्षअघि गाउँ फर्किएपछि उनले बाख्रापालन र तरकारी खेतीलाई रोजे। सुरुमा चुनौतीहरूसँग जुध्नुप¥यो, तर धैर्य र लगनशीलताले सफलताको ढोका खोल्यो। अहिले उनी एक दर्जनभन्दा बढी बाख्रा पाल्छन् र विभिन्न प्रकारका तरकारी उत्पादन गर्छन्। आचार्यको…
Read More

बाढी पहिरोमा परी १ सय ४ जनाको मृत्यु, ७३ घाईते ६४ बेपत्ता

मकवानपुर । बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ४ जनाको मृत्यु भएको छ भने ७३ घाईते र ६४ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीले असोज ११ गतेदेखि असोज १३ गते बिहान ९ बजेको अपडेट अनुसार यी तथ्यहरु सार्वजनिक गरेको हो । अझै पनि यो संख्या बढ्न सक्ने देखिएको छ । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु ५, पाँचथर ५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र…
Read More

कालिकामाइटोल विकास संस्थाको साधारण सभा सम्पन्न

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेस्थित कालिकामाइ टोल विकास सँस्थाको २० औँ साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाको एकवर्षको कर्यकालमा भएका प्रगति प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन पेस गरि सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रमका अवसरमा संस्थाले २१ जना ज्येष्ठ नागरिक, ११ जना एसइइ उत्तीर्ण विद्यार्थी, कालिकामाइ टोल विकास आमा समुह र उत्कृष्ट युवा विधामा इसान रुपाखेतिलाई सम्मान गरेको थियो । त्यस्तै असल ऋणि गोकुल चुनु मगर र खिल कुमारि श्रेष्ठलाई पनि सम्मान गरिस्एको थियो । कार्यक्रम ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता तथा सामाजिक विकास शाखा सदस्य गोमा सिग्देल, गोरख राय, नगर समन्वय समिति सदस्य…
Read More

भरियो कुलेखानी, बाँधमाथिबाट पानी बग्दै

मकवानपुर । मकवानपुरको कुलेखानी जलविद्यूत आयोजनाको जलाशय भरिएको छ । त्यहाँबाट दिइएको जानकारी अनुसार अहिले जलाशय भरिएर बाँधमाथिबाट पानी बगिरहेको छ । हाल तत्कालै ड्यामको ढोका नखोलिएको भएता पनि बाँधको सुरक्षालाई हेरेर ढोका खोलिन सक्ने बताइएको छ । केन्द्रका प्रमुख तारादत्त भट्टले ड्यामको ढोका खोलेको अवस्थामा तल्लो तटीय क्षेत्र जोखिममा पर्ने भन्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन् । यसअघि नै जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि जलाशय भरिन थालेको सचेत रहन आग्रह गरेका थिए । कार्यालयले कुलेखानीदेखि तल सिस्नेरी हुँदै बागमती नदि किनारका बस्तीहरुमा एक्कासी बाढी आउन सक्ने अवस्था भएकोले उक्त टटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई सतर्कता अपनाउन…
Read More

लगातार वर्षाले भरिनै लाग्यो कुलेखानी, ड्यामको ढोका खोल्नुपर्ने अवस्था

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याम केही केही घण्टामै भरिन लागेको भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले केही समयअघि मात्रै सूचना जारी गर्दै नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल इन्द्रसरोवर (कुलेखानी) भरिन लागेको जनाएको हो । कार्यालयका अनुसार बाँधको सुरक्षालाई समेत मध्येनजर गर्दै ड्यामको ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएको छ । कार्यालयले कुलेखानीदेखि तल सिस्नेरी हुँदै बागमती नदि किनारका बस्तीहरुमा एक्कासी बाढी आउन सक्ने अवस्था भएकोले उक्त टटिय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरु एवम् स्वयमसेवकहरुलाई समेत हाइ अलर्टमा बस्न कार्यालयले आग्रह…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.