२०८३ आश्विन ३०, शुक्रबार २०:३८
२०८३ आश्विन ३०, शुक्रबार २०:३८
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा सञ्चालित सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कालिका टोल विकास संस्थाले जितेको छ। रोमाञ्चक फाइनल खेलमा मनकामना 'ख' टोल विकास संस्थालाई ३-० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधिमाथि कब्जा जमाएको हो। सप्ताहव्यापी विविध खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालित तेस्रो कमाने रन (खुल्ला दौड) को पुरुषतर्फ ५ किलोमिटरको दुरी १९.१८ मिनेटमा पूरा गर्दै बादल घलान प्रथम हुनुभएको छ। त्यसैगरी १९.३३ मिनेटमा दौड पूरा गरी जोएल गुरुङ दोस्रो र २०.२० मिनेटमा दुरी पार गर्दै सुरज तामाङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो। त्यस्तै कमाने रनअन्तर्गत महिलातर्फको ३ किलोमिटर दुरी ७.४२ मिनेटमा पूरा…