नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक हेटौंडामा सम्पन्न

हेटौंडा। नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कार्यालय हेटौंडामा  सम्पन्न भएको छ। संगठनको सुदृढीकरण तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ आयोजित उक्त बैठकमा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि तथा नेताहरूको सहभागिता रहेको थियो। बैठकमा मुस्लिम समुदायको हक, हित र अधिकारका साथै सांगठनिक सुदृढीकरणका विषयमा गहन छलफल भएको थियो।

​कार्यक्रम नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष मोहम्मद समिम खानको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकको सञ्चालन मोहम्मद साहिलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका उपमहासचिव जवुल मियाँले संगठनलाई जुझारु र गतिशील बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

​बैठकमा विशेष अतिथिका रूपमा नेकपा (एमाले) बागमती प्रदेश कमिटीका उपसचिव रमेश आचार्यको उपस्थिति रहेको थियो भने एमाले बागमती प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तानको समेत अतिथिका रूपमा सहभागिता रहेको थियो। बैठकका वक्ताहरूले राजनीतिक चेतना अभिवृद्धि गर्दै पार्टीको नीति र सिद्धान्तलाई जनतामाझ लैजान संगठनको भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.