नगरस्तरीय टी-२० क्रिकेटको उपाधि हेटौँडा-८ लाई: हेटौँडा-४ लाई ५३ रनले पराजित गर्दै बन्यो च्याम्पियन

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा सञ्चालन भएको नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हेटौँडा वडा नम्बर ८ ले जितेको छ। हुप्रचौर खेल मैदानमा भएको फाइनल भिडन्तमा आयोजक हेटौँडा वडा नम्बर ४ लाई ५३ रनले पराजित गर्दै वडा नम्बर ८ ले सर्वोत्कृष्ट प्रदर्शनसहित उपाधिमाथि कब्जा जमाएको हो।

​फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हेटौँडा वडा नम्बर ८ ले ११२ रन बनाउँदै हेटौँडा वडा नम्बर ४ लाई ११३ रनको विजयी लक्ष्य दिएको थियो। तर ११३ रनको लक्ष्य पछ्याएको हेटौँडा वडा नम्बर ४ को टोली ५८ रनमै अलआउट हुन पुग्यो। वडा नम्बर ८ को कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु ४ नम्बरका ब्याटरहरू क्रिजमा टिक्न नसकेपछि वडा नम्बर ८ ले ५३ रनको शानदार जित दर्ता गर्दै नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

​प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि शिक्षाविद् पुरनबहादुर जोशी र विशिष्ट अतिथि हेटौँडा वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि जोशी र विशिष्ट अतिथि सिग्देल लगायतका अतिथिहरूले विजेता टोली हेटौँडा वडा नम्बर ८ लाई प्रथम पुरस्कार नगद ५० हजार रुपैयाँ तथा उपविजेता टोलीका खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

​समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षाविद् पुरनबहादुर जोशीले हेटौँडा वडा नम्बर ४ ले महिला हिंसा नियन्त्रणदेखि खेलकुदको प्रवर्द्धनसम्मका हरेक क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउनुभयो। नेपालमा क्रिकेटको उज्ज्वल भविष्य रहेको र यस्ता स्थानीय स्तरका प्रतियोगिताले नै राष्ट्रिय तहका खेलाडी उत्पादनमा जग बसाल्ने उल्लेख गर्दै उहाँले खेल आयोजनाका लागि वडा कार्यालय तथा व्यवस्थापन समितिलाई विशेष धन्यवाद र बधाई ज्ञापन गर्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.