४६औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाद्वारा बिदाइ

काठमाडौँ। ४६औँ चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन जान लागेको नेपाली चेस टोलीलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले हार्दिक बिदाइ तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। काठमाडौँको दरबारमार्गस्थित होटेल वुडल्याण्डमा आयोजित एक विशेष कार्यक्रमका बीच मुख्यमन्त्री थापाले टोलीलाई बिदाइ गर्दै अन्तर्राष्ट्रिय मञ्चमा सफलताको शुभकामना दिनुभएको हो।

​कार्यक्रममा मुख्यमन्त्री थापाले नेपाली टोलीलाई शुभकामना दिँदै सामाजिक सञ्जालमा समेत आफ्नो शुभकामना सन्देश व्यक्त गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “विश्वस्तरीय प्रतिस्पर्धामा नेपालको झण्डा उँचो राख्दै आफ्नो प्रतिभा, मेहनत, अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न सम्पूर्ण खेलाडी तथा टोलीलाई शुभकामना। तपाईंहरूको सफलता नेपाली खेलकुदको सफलता हो, राष्ट्रको गौरव हो।”

​मुख्यमन्त्री थापाले अन्तर्राष्ट्रिय चेस जगतमा नेपालको नाम अझ उज्यालो बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गर्न नेपाली टोली सफल होस् भन्ने कामना गर्नुभएको छ। उच्च मनोबलका साथ प्रस्थान गर्न लागेको नेपाली टोलीले यो विश्वस्तरीय प्रतियोगितामा देशको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.