हेटौँडामा भदौ ७ गते ‘जबजमा महिला अधिकार’ विषयक बैचारिक छलफल तथा अन्तरक्रिया कार्यक्रम हुँदै

हेटौँडा ।
मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरको आयोजनामा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती (हीरक जयन्ती) को अवसरमा ‘जबजमा महिला अधिकार’ विषयक वैचारिक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।

​जननेता भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले महिला अधिकार, समानता र सामाजिक रूपान्तरणका क्षेत्रमा पारेको प्रभाव र यसको समकालीन सान्दर्भिकताबारे मन्थन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको हो।

​फाउन्डेसन मकवानपुरका अनुसार उक्त कार्यक्रम २०८३ भाद्र ७ गते आइतबार दिउँसो ११:०० बजे हेटौँडा-१० स्थित टोनी हेगेन पार्क (सामाजिक विकास मन्त्रालयको ठिक अगाडि/पूर्व दिशा) मा सञ्चालन हुनेछ।

​परिवर्तन, समानता र अधिकारको यस वैचारिक विमर्शमा बुद्धिजीवी, सामाजिक अभियन्ता, राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणलाई गरिमामय उपस्थिति र सक्रिय सहभागिताका लागि मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले हार्दिक अनुरोध गरेको छ।

​हीरक जयन्ती वर्ष २०८३ अन्तर्गत वर्षभरि सञ्चालन गरिने १३ वटा विशेष कार्यक्रमहरूको शृङ्खलाकै निरन्तरताका रूपमा यो अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ। यसअघि साउन महिनामा ‘जबजमा अन्तर्निहित गतिशीलता’ विषयमा सफलतापूर्वक विचार गोष्ठी सम्पन्न भइसकेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.