२०८३ मंसिर ३, बिहीबार ८:२४
२०८३ मंसिर ३, बिहीबार ८:२४
बनेपा (काभ्रेपलाञ्चोक), मंसिर २ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश संरचनालाई अनुत्पादक र खर्चिलो भन्दै ‘सेतो हात्ती’ को संज्ञा दिने गरिएकोप्रति कडा असन्तुष्टि जनाउनुभएको छ । बुधबार बनेपास्थित शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालको नवनिर्मित बहिरंग (ओपीडी) भवनको समुद्घाटन गर्दै उहाँले प्रदेश सरकार आमनागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास र सेवा प्रवाहमा खटिएको स्पष्ट पार्नुभयो । राज्यको कुल चालु खर्चमध्ये संघीय सरकारको हिस्सा ८० प्रतिशत र स्थानीय तहको १५ प्रतिशत रहँदा प्रदेशको चालु खर्च केवल ५ प्रतिशतमा सीमित रहेको तथ्यांक प्रस्तुत गर्दै मुख्यमन्त्री थापाले न्यून प्रशासनिक खर्चमा पनि देखिने गरी पूर्वाधार विकास भएकाले प्रदेश सरकारलाई बदनाम गराउन खोजिएको जिकिर गर्नुभयो…