Day: २०८३ कार्तिक १४, शनिबार २०:१३

खेल पर्यटनले देशको अर्थतन्त्र बढाउँछ, स्नुकर अनुशासित र धैर्यताको खेल हो’: मन्त्री गिर बहादुर तामाङ; हेटौँडाका सोम लामा बने ‘वडा अध्यक्ष कप’ राष्ट्रिय स्नुकर च्याम्पियन

खेल पर्यटनले देशको अर्थतन्त्र बढाउँछ, स्नुकर अनुशासित र धैर्यताको खेल हो’: मन्त्री गिर बहादुर तामाङ; हेटौँडाका सोम लामा बने ‘वडा अध्यक्ष कप’ राष्ट्रिय स्नुकर च्याम्पियन

हेटौँडा, कात्तिक ११ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा सञ्चालित ‘वडा अध्यक्ष कप-२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप-१६)’ को समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले खेलकुदलाई पर्यटन र देशको आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। हेटौँडाको लियम स्नुकर हाउसमा सम्पन्न समापन कार्यक्रम हेटौँडा-१५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा मन्त्री तामाङ प्रमुख अतिथिका रूपमा र हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तान विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। ​समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री तामाङले खेलकुदको बदलिँदो आयामबारे महत्त्वपूर्ण विचार व्यक्त गर्नुभयो। "कुनै समय खेल दाजुभाइबीच भाइचारा र सामाजिक सद्भावका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.