२०८३ भाद्र १६, मंगलवार १९:३७
२०८३ भाद्र १६, मंगलवार १९:३७
हेटौँडा, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित सङ्कटलाई सम्बोधन गर्न नेपाली कांग्रेस बागमती प्रदेशले केवल आर्थिक सहयोगमा मात्र सीमित नरहेर दीर्घकालीन पुनर्स्थापना र नीतिगत पहललाई अगाडि बढाएको छ। बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि कांग्रेस बागमती प्रदेश कार्यसमिति र संसदीय दलको तर्फबाट संयुक्त रूपमा १० लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग उपलब्ध गराइएको छ। प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठले केन्द्रीय कार्यालय सानेपामा पार्टी उपसभापति पुष्पा भुसाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो, जुन रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। यस पटकको सहयोग केवल रकम संकलनमा मात्र…