Day: २०८३ श्रावण १८, सोमबार २१:१९

बागमतीमा बहुमत जुटाउन प्रतिपक्षीलाई सकस: ‘अन्योल नलम्ब्याऊ, कि सरकार बनाऊ कि समर्थन गर’ — मुख्यमन्त्री बानियाँ

बागमतीमा बहुमत जुटाउन प्रतिपक्षीलाई सकस: ‘अन्योल नलम्ब्याऊ, कि सरकार बनाऊ कि समर्थन गर’ — मुख्यमन्त्री बानियाँ

काठमाडौं, १८ साउन — सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि बागमती प्रदेशमा सुरु भएको राजनीतिक अन्योल झनै गहिरिएको छ। समर्थन फिर्ता लिएको लामो समय बितिसक्दा पनि नयाँ सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत जुटाउन प्रतिपक्षी दलहरू (एमाले र नेपाली कम्युनिष्ट पार्टी) असफल भएपछि प्रदेश सरकार अनिर्णयको बन्दी बनेको छ। प्रतिपक्षी गठबन्धनले न त नयाँ सरकारको दाबी पेस गर्न सकेका छन्, न त विद्यमान सरकारलाई नै सहज रूपमा काम गर्ने वातावरण छाडेका छन्, जसले गर्दा प्रदेशको राजनीतिक निकास झन् जटिल बनेको छ। ​यही राजनीतिक गतिरोधलाई चिर्न मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार ललितपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा सर्वदलीय बैठक बोलाएर विपक्षी दलहरूमाथि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.