Day: २०८३ जेष्ठ २२, शुक्रबार १२:२३

सरसफाई र बृक्षरोपणसहित पालुङ जेसीजले वातावरण दिवस मनायो

सरसफाई र बृक्षरोपणसहित पालुङ जेसीजले वातावरण दिवस मनायो

मकवानपुर । ५४ औं बिश्व वातावरण दिवसको अवसरमा पालुङ जेसीज बर्ष २०२६ को आयोजनामा थाहा नगरपालिका वडा नं. ३ स्थित जेसीज सभाहल परिसर सरसफाई गर्नुका साथै बृक्षरोपाण गरिएको छ । पालुङ जेसीज बर्ष २०२६ का अध्यक्ष सञ्जय गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष निरज रायमाझी, महासचिव अञ्जय प्रधान, कोषाध्यक्ष उद्धव बिडारी, कानुनी सल्लाहकार स्मिता बिष्ट लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । हरेका बर्ष जुन ५ तारिखको दिन संसरभर विश्व वातावरण दिवस माईदै आएको छ । यस वर्ष हाम्रो भविष्य, हाम्रोे जलवायु सबै प्रकृतिवाट प्रेरित छ, भन्ने नाराका साथ वातावरण दिवस मनाईएको हो ।
Read More
वातावरण दिवसको अवसरमा अखिल (क्रान्तिकारी)को बृक्षरोपण तथा सरसफाई

वातावरण दिवसको अवसरमा अखिल (क्रान्तिकारी)को बृक्षरोपण तथा सरसफाई

मकवानपुर । ५४ औँ विश्व वातावरण दिवसको अवसरमाअखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा मकवानपुरगढी स्थित शहीद रुद्र पाख्रिन स्मृति पार्क परिसरमा सरसफाई तथा वृक्षरोपण गरिएको छ । अखिल क्रान्तिकारी मकवानपुर संयोजक बुद्धराज अर्यालको अध्यक्षता एवम् नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सरसफाई तथा बक्षरोपण गरिएको हो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको बागमती प्रदेस समिति सदस्य विवेक राई, प्रदेस समिति सदस्य हेटौंडा उपमहानगर समिति संयोजक प्रदिप अर्याल, मकवानपुरगढी गाउँपालिका समिति सहसंयोजक राजन दाहाल, हेटौंडा वडा नं. ७ समिति संयोजक बासुदेब कटुवाल लगायत बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । पार्क परिसरमा बिभिन्न प्रजातीका फूल र फलफूलको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.