नव दृष्टि

नव दृष्टि

198 Posts

पदमपोखरी वनस्पतिमा वातावरणीय अपराध रोकथाम सम्बन्धि सचेतना तालिम

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित लखनथापा पार्कमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि बिहीवार एक दिवसीय सचेतना तालिम भएको छ । इनोभेटिभ भिजन प्रालि काठमाडौंको आयोजना एवम् वातावरणीय सचेतनाको लागि एकीकृत विकास हेटौँडाको समन्वय तथा अमेरिकी सरकारको युएसएआइडीको सहयोगमा एक दिवसिय तालिम कार्यक्रम भएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले प्रमुख अतिथीका रुपमा बोल्दै वन, वन्यजन्तुका बिषयमा बनेका कानुनका बारेमा सबैले जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले कतिपय अवस्थामा बनेका कानुनका बिषयमा आम जनतालाई थाहा नहुँदा पनि समस्या हुने गरेको बताउनुभयो । उहाँले मानव र वन्यजन्तुको द्वन्द्वका कारण हुने घटनामा मानवीय र धनजनको क्षति…
Read More

कांग्रेस बागमती प्रदेश महिला समितिलाई पूर्णता प्रदान

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको महिला समितिले पूर्णता पाएको छ । पार्टी सहमहामन्त्री जीवन डंगोल संयोजक रहेको २७ सदस्यीय महिला समितिलाई पूर्णता दिइएको हो । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बिहिबार समितिको सदस्यहरुलाई नियुक्ति गर्दै प्रमाणपत्र वितरण गरेका हुन् । समितिमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिमुलक महिलालाई समेटिएको छ । समितिको सदस्यहरुमा बागमती प्रदेशसभा सदस्य यांकिला शेर्मासहित डा. शुष्मा बराल, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, कल्याणी खड्का, गीताकुमारी न्यौपाने, अनुपा श्रेष्ठ, शान्ता कार्की, अप्सरा थापालगायत रहेका छन् । समितिको सदस्य सचिवमा दया लामिछाने मैनालीलाई नियुक्त गरिएको छ । समितिलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभापति बानियाँलगायत कांग्रेस बागमती प्रदेशका पदाधिकारीको उपस्थिति रहेको…
Read More

हेटौँडामा ट्रकहरु आपसमा ठोक्कियो, ड्राईभर घाईते

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नारायणी सहकारी अगाडि आज बिहान २ ट्रकहरु आपसमा ठोक्किएका छन् । तिब्र गतिमा रहेको मिनी ट्रक र ना ५ ख ४३३२ नम्बरको १२ चक्के ट्रक एकआपसमा ठोक्किएको हो । दुर्घटनामा ट्रक चालक घाईते भएका छन् । उनलाई उपचारको लागि हेटौँडा अस्पतालमा लगिएको छ । दुर्घटनामा दुबै ट्रका अगाडिका भागहरु ध्वस्त भएका छन् । सडकबिचमा रहेका दुबै ट्रकलाई ईलाका प्रहरी कार्यालयको रोहबरमा क्रेनद्वारा हटाएपछि सवारी आवागमन सुचारु भएको स्थानीयले जानकारी दिएका छन् ।
Read More

मुख्यमन्त्री लामा र मन्त्रीहरुलाई हेटौंडामा सम्मान

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुलाई बुधबार हेटौंडामा सम्मान गरिएको छ । नव नियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले सम्मान गरेको हो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले मन्तव्य राख्नुहुँदै उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले रोजगारी सिर्जना गर्न सानादेखि ठूला उद्योगहरु महत्वपूर्ण रहने बताउनुहुँदै लगानीकर्तालाई सुरक्षा र सुविधा महशुस गराइ लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उद्योग दर्ता तथा अन्य नियमहरु सरकारले सहज गर्नुपर्ने, कागजमा मात्र उद्योग हुने अवस्थालाई निरुत्साहित गर्दै उद्योग क्षेत्रका झमेलाहरु न्यूनिकरण गर्नुपर्ने बताउनुभयो । उद्योग चल्दा मात्र…
Read More
तामाङ चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडाको ओम्याक्स हलमा ३ दिन प्रदर्शन हुने

तामाङ चलचित्र ‘ग्याल्बो राजा’ हेटौँडाको ओम्याक्स हलमा ३ दिन प्रदर्शन हुने

मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ मकवानपुरको हेटौँडामा अवस्थित ओम्याक्स सिनेमा हलमा ३ दिन प्रदर्शन हुने भएको छ । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार किताब सिं घलान (किरण) का अनुसार चलचित्र असोज १७ गतेदेखि १९ गतेसम्म प्रदर्शन गरिन लागिएको हो । कार्यकारी निर्माता घलानका अनुसार ओम्याक्स हलमा तामाङ भाषामा चलचित्र प्रदर्शन हुनेछ । हरेक दिन बिहान ८ः३० बजेको पहिलो शोमा चलचित्र प्रदर्शन हुनेछ । उनका अनुसार दर्शकहरुले निर्माण टोली तथा हलबाट पनि शोका लागि टिकट लिन सक्नेछन् । अङ्ग्रेजीमा ‘किङ इज किङ’ नाम राखिएको यो चलचित्रको नेपाली भर्सन भने २०८१ कात्तिक ९ अर्थात अक्टोबर २५…
Read More

मकवानपुर जिल्लाको दशौँ जिल्ला सभा सम्पन्न

मकवानपुर । मकवानपुर जिल्लाको दशौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मंगलबार जिल्ला सभा सम्पन्न भएको हो । दशौँ जिल्ला सभालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्त्री तथा पूर्व मन्त्रीहरु, सांसद, मकवानपुर जिल्लाका विभिन्न पालिकाहरुका पालिका प्रमुख, उपप्रमुख लगायतका व्यक्तित्वहरु सहभागी भएका थिए ।
Read More
हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत राख्न नमिल्ने जिकिर

हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत राख्न नमिल्ने जिकिर

मकवानपुर । वि.सं. २०१६ सालमा तत्कालीन समयमा केन्द्रीय सरकारको प्रत्यक्ष लगानीमा स्थापाना र सञ्चालन गरिएको सरकारी हेटौंडा अस्पताल रहनुबाहेक संविधान र कानुनविपरीत, संघीय सरकार वा प्रदेश सरकारअन्तर्गत्बाहेक कुनै बहाना, छलछाममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत, स्वामित्व, सञ्चालन, व्यवस्थापनमा राख्न/रहन नमिने जिकिर गरिएको छ । नेपाल सरकारको सरकारी स्वास्थ्य सेवा प्रदान गर्ने हेटौंडा अस्पताललगायत वागमती प्रदेशभरका सरकारी अस्पताललाई प्रतिष्ठान मातहत हुने, प्रतिष्ठानले सञ्चालन गर्ने गरी कुनै पनि प्रदेश ऐन, कानुन, नियम, नियमावली बनाउने, प्रतिष्ठानले सरकारी सम्पत्ति प्रत्यक्ष, अप्रत्यक्ष वा जुनसुकै तवरले प्रतिष्ठानको बनाउने र सञ्चालन गर्ने अधिकार नेपालको संविधान र कुनै संघीय कानुनले प्रदान नगरेको भन्दै उत्प्रेषणयुक्त, परमादेशलगायत अन्य जो…
Read More

‘मेरो नेतृत्वमा कमिटी बन्नेमा विश्वस्त छु’–राजेश नगरकोटी

मकवानपुर । नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघ नेपाल, मकवानपुर जिल्ला कमिटीको १० औ जिल्ला अधिवेशन यही भदौ २८ र २९ गते हेटौंडामा हुने भएको छ । सोही सन्दर्भमा संघका अधिवेशन आयोजक कमिटी संयोजक युवानेता राजेश नगरकोटीस“ग अधिवेशनबारे पत्रकार मनिता रानाले गरेको कुराकानीको अंशः राष्ट्रिय युवा संघ कस्तो र कुन उद्धेश्यले स्थापना भएको हो ? नेकपा एमालेका २२ वटा जनसंगठनमध्ये बलियो र समग्र युवाहरुको भरपर्दो संगठन नै राष्ट्रिय युवा संघ हो । २०४७ जेठ १ गते स्थापना भएर सकारात्मक क्रान्ति गर्दै हरेक युवाको अधिकार स्थापित गर्दै स्थापना भएको यो एक ऐतिहासिक संगठन हो । संघले जिल्लामा हालसम्म गरेका सकारात्मक कार्य र…
Read More

हेटौँडामा भेट्रान्स फुटबल प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्लेक्याम्पा रंगशालामा आजेदेखि तेस्रो राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाको मुख्य प्रायोजन तथा रोटरी क्लब मकवानपुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता पिप्ले युवा क्लबको सहआयोजनामा भएको हो । प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गर्नुभएको छ । प्रतियोगितामा विभिन्न जिल्लाका १५ भेट्रान्स क्लबको सहभागिता रहेको छ । २०७२ र २०७३ सालमा सम्पन्न पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्सले जितेको थियो । प्रतियोगिताको फाइनल खेल भदौ ३१ गते हुनेछ । आज भएको उद्घाटन खेलमा नागस्वती भेट्रान्स हेटौँडा र चितवन भेट्रान्सबिच प्रतिस्पर्धा भएको छ। प्रतियोगिताको उपाधि…
Read More

पोताला, प्रगतिशील, मल्टिभिजन र हाँडीखोला विजयी, एक खेल बराबरी

मकवानपुर । मकवानपुरको सिमलटार खेलमैदान र गौरीटार रंगशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार एक खेल बरारीमा रोकिनुका साथै ४ टिम विजयी भएका छन् । खेलमा एफसी पोताला, प्रगतिशिल युवा क्लब, एफसी मल्टिभिजन र हाँडीखोला एफसी विजयी भएका छन् । साथै सहिद स्मृति र युनाइटेड नाइन बराबरीमा रोकिएका छन् । हेटौँडा ११ सिमलटारमा भएको खेलमा एफसी पोतालाले सक्षम युवा क्लबलाई १–५ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै सिमलटारमै भएको अर्को खेलमा प्रगतिशील युवा क्लबले पशुपति क्लबलाई २–३ गोल अन्तरले पराजित गरेको थियो । आइतबारै हेटौंडा ६ गौरीटार रंगशालामा भने ३ खेल भएको छ । मकवानपुर जिल्ला फुटबल संघले जनाए…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.