अमेरिकामा रहेका सञ्चारकर्मी सुदीप शिवाकोटीद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई १ लाख सहयोग

​हेटौँडा–२ निवासी तथा कान्तिपुर मिडिया ग्रुपका संयुक्त राज्य अमेरिकास्थित संवाददाता सुदीप शिवाकोटीले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई नगद १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। महासंघका पूर्व कोषाध्यक्ष समेत रहेका शिवाकोटी र उनका सहकर्मीहरूले वैदेशिक रोजगारीका क्रममा अमेरिकामा रहेर पनि आफ्नो मातृभूमि र गृहजिल्लाको सञ्चार क्षेत्रप्रतिको दायित्व बोध गर्दै उक्त सहयोग रकम उपलब्ध गराएका हुन्।

​हेटौँडामा आयोजित एक विशेष कार्यक्रमका बिच शिवाकोटी तथा उनका सहकर्मीहरूको तर्फबाट हस्तान्तरण गरिएको यो रकम महासंघको ‘महिला पत्रकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित स्वास्थ्य प्रवर्द्धन कोष’ मा जम्मा हुनेछ। यस आर्थिक सहयोगले मोफसलमा कार्यरत महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षा, आपतकालीन सहयोग तथा क्षमता अभिवृद्धि सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

​परदेशमा रहेर पनि पत्रकारिता र संस्थागत विकासमा पुर्‍याएको उदार योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले शिवाकोटी र उनका सहकर्मीहरूलाई प्रशंसा-पत्र प्रदान गरेको छ। महासंघका अध्यक्ष बालकृष्ण अधिकारी र सचिव केशव समर्पण सुवेदीले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको उक्त प्रशंसा-पत्रमार्फत महासंघले शिवाकोटी र उहाँको टोलीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै गहिरो आभार व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.